ड्रोन भिडियोमा हेर्नुहोस् आँबुखैरेनीमा भासिएको सडक

आँबुखैरेनी, २७ जेठ पृथ्वी राजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा आँबुखैरेनी गाउँपालिका-४ ड्यामसाइड नजिकै भासिएको ठाउँमा पहरो काटेर अवरूद्ध पृथ्वी राजमार्ग खुलाउने तयारी भइरहेको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार सडक विभागका इन्जिनियरहरूले पहरो काट्दा एक–डेढ मिटर चौडा बाटो बन्न सक्ने बताएपछि अहिले डोजरले काम गरिरहेको छ । साँझसम्म साना गाडीहरू पास गराउने अपेक्षा गरिएको […]
विकू सहकारीको कोल्हुवा सेवा केन्द्र उद्घाटनसँगै सुरु भयो एकीकृत सेवा

मध्यविन्दु, २७ जेठ । नवलपरासी (ब.सु.पू.) को मध्यविन्दु नगरपालिका–३, चौराहाचोक, कोल्हुवामा विकू बचत तथा ऋण सहकारी संस्थाको अर्को सेवा केन्द्र थपिएको छ । शुक्रबार एक समारोहबीच मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले कोल्हुवा सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । सेवा केन्द्र उद्घाटनसँगै एकीकृत सेवा सुरु भएको छ । उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि महतोले २०४८ […]
गैँडाकोटको सरस्वती निकेतनमा निःशुल्क आँखा शिविर
गैँडाकोट, २७ जेठ । सरस्वती निकेतन सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल गैँडाकोट–१, नवलपुरको आयोजना र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा नर्सरीदेखि कक्षा ११ सम्मका ९ सय विद्यार्थीको आँखा जाँच गरिएको र अधिकांश विद्यार्थीको आँखा कमजोर पाइएको विद्यालयका प्राचार्य भरतबाबु कँडेलले जानकारी दिए । भरतपुर […]
पुनः सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

भरतपुर, २७ जेठ । इच्छाकामना गाउँपालिका–६ तोपे खोलामा पहिरोको कारण अवरुद्ध भएको सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार त्यहाँ बिहान ९ बजेतिर पहिरो खसेपछि बाटो पूर्णरूपमा अवरुद्ध भएको थियो । डोजरको सहायताले पहिलो पन्छाएप्छि तीन घण्टाभित्रै बाटो पुनः सञ्चालनमा आएको हो । नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गका विभिन्न स्थानमा […]
सुख्खा पहिरोले नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध

भरतपुर, २७ जेठ । ईच्छाकामना गाउँपालिका- ६ तोपेखोलास्थित नारायणगढ-मुग्लिङ सडकखण्डमा सुख्खा पहिरो झर्दा दुई तर्फीरुपमा बाटो अवरुद्ध भएको छ । शुक्रबार बिहान ८:४५ बजेको समयमा पहिरो खसेर बाटो अवरुद्ध भएको हो । मुग्लिङबाट प्रहरी निरीक्षकको कमाण्ड र जिल्ला ट्राफिक कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिइ पहिरो गएको स्थानमा पुगेको छ । जिल्ला प्रहरी कार्यालयबाट कार्यालय […]
चितवनमा बसको ठक्करबाट १ जनाको मृत्यु

भरतपुर, २७ जेठ । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका मौवाखोला नजिकै बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान काठमाडौँबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) बसले ठक्कर दिँदा सुनसरीको झुम्का बस्ने २३ वर्षीय जनक दाहालको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु भएका दाहाल सोही बसका सहचालक रहेको […]
बस्ती छिरेको बाघको आक्रमणबाट १ जना घाइते

राप्ती, २७ जेठ । चितवनको राप्ती नगरपालिका-१ मा बस्तीमै बाघ छिरेको छ । शुक्रबार बिहान करिब ६ बजेतिर बाघ गाउँमै छिरेको हो । मध्यवर्ती वनहुँदै गाउँमा छिरेको बाघको आक्रमणले एकजना घाइते भएका छन् । राप्ती-१ बस्ने करिब ४५ वर्षीय ईन्द्रबहादुर थिङ बाघको आक्रमणबाट घाइते भएका हुन् । उनलाई टाउको, घाँटी र गालामा चोट लागेको छ […]
आँबुखैरेनीमा सडक भासिँदा मुग्लिङ-पोखरा सडकखण्ड अवरुद्ध

दमौली, २७ जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकैको सडक भासिँदा मुग्लिङ-पोखरा सडकखण्ड अवरुद्ध बनेको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिकै सडक भासिँदा दुईतर्फी रुपमै सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखिको अविरल वर्षाका कारण सडकको केही भाग भासिएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी […]
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

भरतपुर, २७ जेठ । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो । निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्ने छ । एलपी ग्यासको […]
काठमाडौंको फोहोर उठाउन मध्यरातमा १८ बुँदे सहमति

काठमाडौं, २७ जेठ । काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे सहमति भएको छ । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो । सहमतिअनुसार शुक्रबारदेखि फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भनिएको छ भने फोहोर बिसर्जन अब रातिको समयमा हुनेछ । जेठ २३ गते फोहोर […]