बस्ती छिरेको बाघको आक्रमणबाट १ जना घाइते

राप्ती, २७ जेठ ।
चितवनको राप्ती नगरपालिका-१ मा बस्तीमै बाघ छिरेको छ । शुक्रबार बिहान करिब ६ बजेतिर बाघ गाउँमै छिरेको हो । मध्यवर्ती वनहुँदै गाउँमा छिरेको बाघको आक्रमणले एकजना घाइते भएका छन् ।

राप्ती-१ बस्ने करिब ४५ वर्षीय ईन्द्रबहादुर थिङ बाघको आक्रमणबाट घाइते भएका हुन् । उनलाई टाउको, घाँटी र गालामा चोट लागेको छ । उपचारको लागि उनलाई भरतपुर लगिएको छ ।

बाघ गाउँ मै भएको कारणले प्रहरी प्रशासन र निकुञ्जले सुरक्षा बढाएको छ । बाघ नियन्त्रणमा लिने प्रयास भैरहेको प्रहरीले जनाएको छ । केही दिन अघि मात्र राप्ती-१ मा बाघको आक्रमणबाट एक जना महिलाले ज्यान गुमाएकी थिइन् । उक्त बाघले आक्रमण गरी राप्ती-१ कै सुकबहादुर थिङको एउटा भैंसी र सुकराम तामाङको दुईवटा वटा बंगुर मारेको छ । साथै जीतबहादुर थिङको १ वटा गाई समेत घाईते बनाएको बुझिन आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट