गैँडाकोटको सरस्वती निकेतनमा निःशुल्क आँखा शिविर

गैँडाकोट, २७ जेठ ।
सरस्वती निकेतन सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल गैँडाकोट–१, नवलपुरको आयोजना र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविरमा नर्सरीदेखि कक्षा ११ सम्मका ९ सय विद्यार्थीको आँखा जाँच गरिएको र अधिकांश विद्यार्थीको आँखा कमजोर पाइएको विद्यालयका प्राचार्य भरतबाबु कँडेलले जानकारी दिए । भरतपुर आँखा अस्पतालसँग सहकार्य गरेर विद्यार्थीहरुको आँखा जाँच गरिएको प्राचार्य कँडेलले बताए ।

शिविरको प्राविधिक समूहका संयोजक तथा भरतपुर आँखा अस्पतालका नेत्र सहायक सुभाष सापकोटाले धेरै विद्यार्थीहरुमा टाढाको नदेख्ने समस्या बढी पाइएको बताए । यसबाहेक आँखा चिलाउने, आँखाबाट आँसु आइरहने समस्या पनि पाइएको उनको भनाइ छ ।

शिविरमा आँखा जाँच गराएका विद्यार्थीलाई आवश्यकता अनुसार औषधि र चश्मा निःशुल्क वितरण गरिएको थियो । औषधि र चश्माले आँखाको समस्या समाधान नभएमा त्यस्ता विद्यार्थीलाई थप उपचारका लागि अस्पतालसम्म लैजाने व्यवस्था मिलाइएको आयोजक सरस्वती निकेतनले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट