सुख्खा पहिरोले नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध

भरतपुर, २७ जेठ ।
ईच्छाकामना गाउँपालिका- ६ तोपेखोलास्थित नारायणगढ-मुग्लिङ सडकखण्डमा सुख्खा पहिरो झर्दा दुई तर्फीरुपमा बाटो अवरुद्ध भएको छ । शुक्रबार बिहान ८:४५ बजेको समयमा पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।

मुग्लिङबाट प्रहरी निरीक्षकको कमाण्ड र जिल्ला ट्राफिक कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिइ पहिरो गएको स्थानमा पुगेको छ । जिल्ला प्रहरी कार्यालयबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक समेतको टोली पनि त्यहाँ पुगेको र बाटो खुलाउनको लागि सडक विभागसँग समन्वय भएको प्रहरीले बताएको छ ।

त्यस्तै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकैको सडक भासिँदा मुग्लिङ-पोखरा सडकखण्ड अवरुद्ध बनेको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिकै सडक भासिँदा दुईतर्फी रुपमै सवारी आवागमन अवरुद्ध भएको छ ।

उक्त स्थानबाट अहिले मोटरसाइकल मात्रै वारपार गर्न दिइएको छ । डाइभर्सन बनाएर मात्रै अन्य गाडीहरूलाई आवतजावत गराउन सकिने प्रहरीले बताएको छ । बाटो अवरुद्ध हुँदा विपरीत दिशामा थुप्रै सवारीसाधन रोकिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट