चितवनमा बसको ठक्करबाट १ जनाको मृत्यु

भरतपुर, २७ जेठ ।
पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका मौवाखोला नजिकै बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान काठमाडौँबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) बसले ठक्कर दिँदा सुनसरीको झुम्का बस्ने २३ वर्षीय जनक दाहालको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु भएका दाहाल सोही बसका सहचालक रहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

प्रवक्ता अधिकारीका अनुसार उनको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको छ ।
बस र चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान भइराखेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट