आँबुखैरेनीमा सडक भासिँदा मुग्लिङ-पोखरा सडकखण्ड अवरुद्ध

दमौली, २७ जेठ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकैको सडक भासिँदा मुग्लिङ-पोखरा सडकखण्ड अवरुद्ध बनेको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिकै सडक भासिँदा दुईतर्फी रुपमै सवारी आवागमन अवरुद्ध भएको छ ।

गए रातिदेखिको अविरल वर्षाका कारण सडकको केही भाग भासिएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि सवारीसाधनलाई आएकै दिशातर्फ फर्काइएको खड्काले बताए । करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट