देवघाटमा ४८ क्युफिट काठसहित एक पक्राउ

दमौली, १९ माघ ।

तनहुँको देवघाट गाउँपालिका–५ घिनाटारबाट अवैध सालको काठसहित आज एक जना पक्राउ परेका छन् । पक्राउपर्नेमा भरतपुर महानगरपालिका–७ मङ्गलपुर बस्ने ५१ वर्षीय कमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

देवघाट गाउँपालिका–५ घिनाटारस्थित कच्ची सडकमा देवपुरबाट दासढुङ्गा जाँदै गरेको ना२च ७३७५ नम्बरको जीपमा अवैध साल जातको काठ ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले अवैध सालको काठ र जीपसहित चालकलाई पक्राउ परेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

प्रहरीले ७४ थान अर्थात् ४८।९५ क्युफिट बराबरको चिरान काठ बरामद गरेको छ । काठ र जीपसहित चालकलाई आवश्यक कागजातसहित थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय तनहुँमा बुझाइएको प्रहरीले जनाएको छ । रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट