घट्यो टेलिकमबाट फोन गर्दा लाग्ने शुल्क

भरतपुर, १९ माघ । नेपाल टेलिकमले आफ्नो मोबाइल तथा ल्यान्डलाइन फोनबाट अन्य कम्पनीहरूको नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाएको छ । कम्पनीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गरेको नयाँ व्यवस्थाअनुसार मङ्गलबारदेखि लागू हुनेगरि कलको दर परिमार्जन गरेको हो । टेलिकमले आफ्नो तारवाला फोनबाट अर्को सेवा प्रदायकको (एनसेल वा स्मार्ट टेलिकम) मोबाइलमा कल गर्दा प्रति मिनेट कर […]

पत्रकार विश्वकर्माको उपचारमा सिभिलको लापरवाहीबारे मेडिकल काउन्सिलले छानविन गर्ने

काठमाडौँ, १९ माघ । नेपाल मेडिकल काउन्सिलले सिभिल अस्पतालको लापरवाहीका कारण मृत्युवरण गर्नुभएका पत्रकार एलबी विश्वकर्माको घटनाबारे छानविन गर्ने भएको छ । श्रमजीवी पत्रकार सङ्घ नेपालसँग आज काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले केकति लापरवाही भएको हो सोको विषयमा छानविन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । छानविनका लागि काउन्सिलको टिमले तत्काल काम थाल्ने अध्यक्ष कोइरालाको भनाइ […]

कोभिडमाथि अहिल्यै विजय घोषणा गर्नु ‘असामयिक’ भएको विश्व स्वास्थ्य संगठनको चेतावनी

जेनेभा, १९ माघ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुखले कोभिड–१९ माथि विजय घोषणा गर्न वा फैलावट रोक्ने उपायहरूको अहिल्यै अन्त्य गर्नु असामयिक हुने बताउनुभएको छ । डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सञ्चारकर्मीसँगको भेटमा मङ्गलबार भन्नुभयो, “कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुनेछ । “यो भाइरस खतरनाक छ र […]

देवघाटमा ४८ क्युफिट काठसहित एक पक्राउ

दमौली, १९ माघ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटारबाट अवैध सालको काठसहित आज एक जना पक्राउ परेका छन् । पक्राउपर्नेमा भरतपुर महानगरपालिका–७ मङ्गलपुर बस्ने ५१ वर्षीय कमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । देवघाट गाउँपालिका–५ घिनाटारस्थित कच्ची सडकमा देवपुरबाट दासढुङ्गा जाँदै गरेको ना२च ७३७५ नम्बरको जीपमा अवैध साल जातको काठ ओसारपसार भइरहेको सूचनाका […]

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १९ माघ । पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि […]

जेठ ४ भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ: अध्यक्ष ओली

  भक्तपुर, १९ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जेठ ४ भित्रै हुनुपर्ने बताउनुभएको छ । आज भक्तपुरको गठ्ठाघरस्थित एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनुभएको हो । सरकार संविधान कार्यान्वयन, सङ्घीयताको कार्यान्वयन र […]

गैंडाकोट स्वाभिमान र संगम अविरत एकीकरण भै गण्डकी सहकारीको कारोबार सुरु

गैंडाकोट, १९ माघ । नवलपरासीपूर्वको गैंडाकोटलाई कार्यक्षेत्र बनाएर वित्तीय कारोबार गर्दै आइरहेका दुई वटा सहकारी संस्थाबीच एकीकरण भएको छ । गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था र संगम अविरत बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको हो । एकीकरण पश्चात बनेको गण्डकी बचत तथा ऋण सहकारी संस्थाले बुधबार संयुक्त साधारणसभा तथा एकीकरण घोषणासभा गरेको […]

मानवीय संवेदना नगुमाऔँ

भरतपुर–१०, एयरपोर्टचोकमा घर भएकी ६१ वर्षीया डिलादेवी रिजाल घरबारविहीन हुँदैछिन् । निर्माणाधीन पुल्चोक–गोन्द्राङ सडकखण्ड ६ लेनको बनाइने भएपछि रिजाल घरबारविहीन हुन लागेकी हुन् । उनी बस्दै आएको घर पाँच दशकभन्दा पुरानो हो । महेन्द्र राजमार्ग नबन्दै रिजाल परिवार अहिलेकै ठाउँमा आएर घर बनाई बसेको थियो । भरतपुर–१० विमानस्थल अगाडिको सडक छेउको टहरोमा डिलादेवी रिजाल टोलाइरहन्छिन् […]

नेपाली काँग्रेसको इन्द्रेणी टोल कार्यसमिति गठन

गैंडाकोट, १९ माघ । नेपाली काँग्रेस गैँडाकोट वडा नम्बर ५ ले बुधवार एक कार्यक्रमका बिच इन्द्रेणी टोल कार्यसमिति गठन गरेको छ । नवगठित १५ सदस्यीय टोल कार्यसमितिको सभापतिमा नरिश्वर लामिछाने चयन हुनुभएका छन् । गैँडाकोट ५ ले यसअघि नै ५ वटा टोल समिति गठन गरिसकेको छ । पार्टीको विधानको परिच्छेद ३ को दफा ५ को […]

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं, १९ माघ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ । बुधबार माइतीघरमण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा जनताको […]

मातृभूमि टोलको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

गैंडाकोट, १९ माघ । गैँडाकोटमा रहेको मातृभूमि टोल विकास संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गैडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेल सापकोटाले संस्थाको प्रगतिको कामना गर्दै नगरपालिकाको तर्फबाट सहयोग गर्ने वचनबद्धता प्रकट गरिन् । `स्थानीय शासन सरकार सञ्चालन ऐनमा भएको वैधानिक व्यवस्था अनुसार टोल विकास संस्थाहरू गठन भएकोले स्थानीय सरकारको मेरुदण्डका […]

नवलपरासीको सुस्तामा सवारी दुर्घटना, एक जनाको मृत्यु दुई गम्भीर घाइते

नवलपरासी, १९ माघ । पश्चिम नवलपरासीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन । भारतीय गण्डक पश्चिमनहर सडकको पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १८ प ८६०५ नेपाली नम्बरको स्कुटर र विपरीत दिशाबाट आएको यु पि ५६ ए एन ७२३५ भारतीय नम्बरको मोटरसाइकल सुस्ता गाउँपालिका वडा नम्बर […]

किसानले प्रतिलिटर दूधको ५६ रुपैयाँ पाउने, उपभोक्ता मूल्य पनि बढाइँदै

भरतपुर, १९ माघ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले किसानले पाउँदै आएको दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय केही दिनपछि लागू हुने र किसानले प्रतिलिटर दूधको मूल्य ५६ रुपैयाँ चार पैसा पाउने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । अहिले किसानहरूले प्रतिलिटर दूधको मूल्य ४९.५२ रुपैयाँका दरले पाइरहेका […]

आज सोनाम ल्होसार पर्व मनाइँदै

भरतपुर, १९ माघ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज बुधबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ। आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ […]