नेपाली काँग्रेसको इन्द्रेणी टोल कार्यसमिति गठन

गैंडाकोट, १९ माघ ।
नेपाली काँग्रेस गैँडाकोट वडा नम्बर ५ ले बुधवार एक कार्यक्रमका बिच इन्द्रेणी टोल कार्यसमिति गठन गरेको छ । नवगठित १५ सदस्यीय टोल कार्यसमितिको सभापतिमा नरिश्वर लामिछाने चयन हुनुभएका छन् ।

गैँडाकोट ५ ले यसअघि नै ५ वटा टोल समिति गठन गरिसकेको छ । पार्टीको विधानको परिच्छेद ३ को दफा ५ को उपदफा १ अनुसार सबै टोल अधिवेशन सम्पन्न गर्नुपर्ने भएकोले सघन रुपमा टोल समिति गठन प्रकृया अगाडि बढाइएको जानकारी वडा सभापति लक्ष्मण कार्कीले दिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाली काँग्रेस नवलपुर क्षेत्र नम्बर १ क का प्रदेश सचिव प्रमेश आचार्यले पार्टीको विधान अनुसार सबै तह र क्षेत्रमा यस किसिमका समितिहरु गठन गरिने जानकारी दिए । उनले नजिकै आएको चुनावलाई मध्यनजर गर्दै सशक्त काँग्रेस र प्रतिबद्ध कार्यकर्ता बनाउने अभियानमा आफू लागेको बताए ।

कार्यक्रममा नेपाल महिला संघ नवलपुरका कोषाध्यक्ष शान्ति न्यौपानेले महिला हक, हित र संरक्षणमा आफू हरपल तम्तयार रहेको बताइन् । कार्यक्रमको औचित्य र महत्वमाथि प्रकाश पार्दै नगर सचिव गोविन्दप्रसाद घिमिरेले सबैलाई नेपाली काँग्रेसमा गोलबद्ध हुन आव्हान गरे ।

टोल समिति गठन प्रकृयाको सहजीकरण गोविन्द रिमालले गरेका थिए । वडा नम्बर ५ का उपसभापति विष्णु गौतमको स्वागत मन्तव्य रहेको सो कार्यक्रम क्षेत्रीय सदस्य एवम् टोल संयोजक लक्ष्मी अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा वडा सभापति लक्ष्मण कार्कीले नवगठित कार्यसमितिलाई माइन्युट हस्तान्तरण गरेका थिए । कार्यक्रमको सहजीकरण वडा सहसचिव विष्णुप्रसाद सिग्देलले गरेका थिए ।

नवगठित इन्द्रेणी टोल समितिको सभापतिमा नरिश्वर लामिछाने, उपसभापति लक्ष्मी श्रेष्ठ, सचिव कृष्ण पौडेल, कोषाध्यक्ष गणेश थापा, सहसचिव शान्ति क्षेत्री, सदस्यहरुमा गोपाल कँडेल, कृष्ण थापा ध्रुव, सुशीला क्षेत्री, राधिका ढकाल देवकोटा, पदमबहादुर थापा, सरोज पण्डित, विलाप कुँवर, सुमित्रा भण्डारी, कल्पना लामिछाने र कौशिला कँडेल चयन भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट