स्वर्गद्वारीतर्फ जाँदै गरेको जिप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

भरतपुर, १ वैशाख ।
गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको खबर प्राप्त भएको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेको लु१ज १६५५ नम्बरको जिप बुधबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी, मुसिकोट नगरपालिका-३ बस्ने २२ वर्षका सवारी चालक केशव कार्की छन् ।

१२ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

स्वर्गद्वारी नगरपालिका-३ रूमालेस्थित कच्ची सडकमा ओभरटेक गर्ने क्रममा जिप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट