विपन्न परिवारको घर बनाउँदै राप्ती

चितवन, ३१ असार (रासस)
पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकाले विपन्न परिवारका लागि घर निर्माणको काम सुरु गरेको छ । नगरपालिकाको खरका छाना विस्थापित गर्ने योजनाअनुसार नगरपालिकाका प्रत्येक वडामा दुई–दुईवटा घर निर्माण गर्न सुरु गरिएको हो ।

नगरपालिका प्रमुख प्रभा बरालका अनुसार हरेक वर्ष विपन्न परिवारमध्ये अति विपन्न छनोट गरी दुई परिवारको घर निर्माण गरिनेछ । नगरपालिकाको रु तीन लाख सहयोग र स्थानीयवासीको श्रमदानमा दुईकोठे घर निर्माण गरी हस्तान्तरण गरिने उहाँले बताउनुभयो । नगरभित्र रहेका एकल महिला, वृद्धवृद्धालाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

नगरपालिकामा १३ वटा वडा रहेका छन् । जसमध्ये १, २, ४, ५, ७, ८, ९, ११ र १२ वडामा पहिलो चरणका घरहरु हस्तान्तरण गरी सकिएको प्रमुख बरालले जानकारी दिनुभयो । अन्य वडाहरुमा निर्माणको काम भइरहेको उहाँले बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट