रोटरी नारायणगढको १८ औँ पदस्थापन सम्पन्न

भरतपुर, ३१ असार रोटरी क्लव अफ नारायणगढले वर्ष २०२०-०२१ का लागि निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ । वर्ष २०१९-०२० का अध्यक्ष सुसनलाल प्रधानले वर्ष २०२०-०२१ का लागि निर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठ नेतृत्वको समितिलाई पद हस्तान्तरण गरे । क्लबको यो १८ औँ पदस्थापन हो । सोही अवसरमा स्पाउच क्लव अफ रोटरी नारायणगढकी अध्यक्ष शान्ति उपाध्याय […]

भोलीदेखि निजी विद्यालयहरूले अनलाइन कक्षा रोक्ने, शिक्षकलाई बेतलबी घर बिदा

भरतपुर, ३१ असार निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोक्ने भएका छन्। नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन्। उनीहरूले अनलाइन कक्षा बन्द गर्दै शिक्षकलाई बेतलबी घर बिदामा राख्ने उल्लेख गरेका छन्। असार १ गतेदेखि उनीहरूले […]

भोली देखि अर्को एटीएमबाट पैशा निकाल्दा शुल्क लाग्ने

काठमाडौं, ३१ असार जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था बिहीबारबाट हट्ने भएको छ । अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकले नै गर्न पाउने भएका छन् । कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एटीएम कार्ड जुनसुकै बैंकको […]

सिजी ल्यान्डमार्कका व्यवसायीलाई ४ महिनाको भाडा छुट

भरतपुर, ३१ असार चितवनको भरपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले उक्त कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ । फोब्र्सले प्रकाशित गर्ने विश्वका अर्बपतिहरुको सूचीमा समेत परेका व्यवसायी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको हो । सिजी ल्यान्डमार्क सांसद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबल […]

७८ लाख ६६ हजार २६५ जना कोरोना सङ्क्रमणमुक्त, पाँच लाख ८१ हजारको मृत्यु

पेरिस, ३१ असार विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ । त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३४ लाख ७१ हजार ८६२ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ७८ लाख ६६ हजार २६५ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । […]

भारतमा एकै दिन २९ हजार बढी सङ्क्रमित

नयाँदिल्ली, ३१ असार भारतमा एकैदिन कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ४२९ सङ्क्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल सङ्क्रमितको संख्या नौ लाख ३६ […]

विद्यार्थीसँग साहित्य र सिर्जनाका कुरा गर्छुः मिलन समीर

मिलन समीर विशेषगरी कविता, मुक्तक र गजल सिर्जना गर्छन् । निबन्ध लेखन र समालोचना पनि उनको रुचि हो । कायाकैरन दैनिकको साप्ताहिक साहित्य परिशिष्टाङ्क ‘साहित्य सकुन’को चैतको दुई साता र असारका सबै आइतबार उनलाई पाहुना बनाइएको थियो । त्यसअन्तर्गत असारको अन्तिम आइतबार २८ गते उनको अन्तरवार्ता प्रकाशन गरिएको थियो । प्रस्तुत छ लेखराम सापकोटाले उनीसँग […]

विपन्न परिवारको घर बनाउँदै राप्ती

चितवन, ३१ असार (रासस) पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकाले विपन्न परिवारका लागि घर निर्माणको काम सुरु गरेको छ । नगरपालिकाको खरका छाना विस्थापित गर्ने योजनाअनुसार नगरपालिकाका प्रत्येक वडामा दुई–दुईवटा घर निर्माण गर्न सुरु गरिएको हो । नगरपालिका प्रमुख प्रभा बरालका अनुसार हरेक वर्ष विपन्न परिवारमध्ये अति विपन्न छनोट गरी दुई परिवारको घर निर्माण गरिनेछ । […]

चितवनका अस्पतालमा बिरामीको चाप

चितवन, ३१ असार मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवनका अस्पतालहरुमा वार्षिक १५ लाखभन्दा बढीले सेवा लिने गरेको पाइएको छ । यहाँका सरकारी, निजी र सामुदायिक अस्पतालहरुमा जिल्ला र अन्य ठाउँबाट गरी ठूलो सङ्ख्यामा बिरामी आउने गरेका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार गत वर्ष अस्पतालहरुबाट आठ लाख ५३ हजार ४१० जनाले बहिरङ्ग सेवा लिएका […]

आयुर्वेद उपचारमा प्रचारप्रसार आवश्यक

रत्ननगर/आयुर्वेद उपचारमार्फत रोग निको हुने भए पनि यसको प्रचार हुन नसकेको सरोकारवालाहरुले औंल्याएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले मंगलबार आयोजना गरेको ‘आयुर्वेदको विकास, सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले एलोपेथिकभन्दा आर्युवेद उपचार प्रभावकारी हुने बताए । तर, यसको प्रचार आवश्यक रहेको उनीहरुको भनाइ थियो । बागमती प्रदेश सभाका शिक्षा, स्वास्थ्य तथा कृषि […]

कुखुराको मासुको मूल्य बढ्यो, किसान समस्यामै

भरतपुर, ३१ असार किसानले चल्ला उत्पादन कटौती गरेपछि बजारमा मासुका लागि कुखुराको आपूर्ति कम भएको छ । उत्पादन घटेपछि मूल्य आकासिएको छ । कुखुराको तयारी मासु प्रतिकेजी ४ सयदेखि ४ सय २० रुपैयाँसम्म पर्छ । कुखुराको मासु लकडाउनको सुरुआती महिनामा १ सय ९० रुपैयाँसम्म बिक्री भएको थियो । चैत अगाडि यसैलाई ३ सय २० रुपैयाँ […]

चितवनको माडीका थप ८ जनामा कोरोना संक्रमण

भरतपुर, ३१ असार चितवनको माडीका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । माडीको वडा नम्बर १, ७ र ८ का १९ देखि ३६ वर्ष सम्मका पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरु सबै क्वारेन्टिनका हुन् । त्यस्तै, भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नवलपुरको कावासोती ५ र ८ का दुई जना र वुलिङटार ३ […]