४ हजार ५० पीसीआर परीक्षणमा २ सय ३२ जनामा कोरोना पोजेटिभ, २ सय ७२ जना डिस्चार्ज

भरतपुर, १९ असार

शुक्रबार कोरोनाका २३२ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप २३२ जनामा संक्रमण पुष्टि भएको हो।

यीसहित कुल संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ।

विगत २४ घण्टामा २ सय ७२ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म निको हुनेको कुल संख्या ६ हजार ४ सय १५ पुगेको छ।

विगत २४ घण्टामा ४ हजार ५० जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४६ हजार बढीको पिसिआर परीक्षण भएको छ। अहिले देशभरको क्वारेन्टिनमा ३३ हजार १२५ जना छन् । ९ हजार ४२ जना आइसोलेसनमा उपचाररत छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट