काठमाडौं, ५ जेठ
मन्त्रिपरिषदले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ । आइतबारको मन्त्रिपरिषदमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गरेकी थिइन् ।

सोमबारको मन्त्रिपरिषदले नक्सा पारित गरेको सरकारका प्रबक्ता अर्थ, सूचना तथा सञ्चार मन्त्री डा.युवराज खतिवडाले बताए ।
नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले ट्वीट गर्दै मन्त्रीपरिषदले उक्त निर्णय गरेको पुष्टि गरेका छन् । उनले उक्त निर्णय नेपालको इतिहासमा सुवर्ण अक्षरले लेखिने उल्लेख गरेका छन् ।





