नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ सय ७५ पुग्यो

भरतपुर, ५ जेठ नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका २ जना पुरुष, खोटाङ हल्लेसीका १ जना पुरुष, बाँके नरैनापुरका १२ जना पुरुष, दैलेखको आठबीस-१ का १ जना पुरुष, सुनसरीका १ जना पुरुष र झापाका १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै […]
बिग्रेको थर्मल गनबारे प्राधिकरण भन्छ–‘घामले गर्दा डिस्प्ले देखिएन’

भरतपुर, ५ जेठ नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले मूल गेटमा सेवाग्राहीको ज्वरो नाप्न राखिएको इन्फ्रारेड थर्मोमिटर (थर्मल गन पनि भनिन्छ) नबिग्रिएको दावी गरेको छ । कायाकैरन डटकमले आज दिउँसो प्रकाशित गरेको समाचारको खण्डन गर्दै प्राधिकरणले थर्मोमिटरले ‘अत्यधिक घामका कारण काम नगरेको’ भनेको छ । तर, कामै नगर्दा पनि थर्मोमिटर किन प्रयोग गरेको भन्नेबारेमा भने […]
लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश नेपालको नक्सा मन्त्रिपरिषदबाट पारित

काठमाडौं, ५ जेठ मन्त्रिपरिषदले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ । आइतबारको मन्त्रिपरिषदमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गरेकी थिइन् । सोमबारको मन्त्रिपरिषदले नक्सा पारित गरेको सरकारका प्रबक्ता अर्थ, सूचना तथा सञ्चार मन्त्री डा.युवराज खतिवडाले बताए । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका […]
ठोरी नाकामा प्रवासी नेपाली: उद्धार गर्न खोज्दा लाठीचार्ज गरेर सीमा कटाइयो

विप्लव काफ्ले भरतपुर, ५ जेठ भारतदेखि आएका नेपालीलाई माडी नगरपालिकाले उद्धार गर्न खोज्दा सशस्त्र प्रहरीले असहयोग गरेको छ । माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले सशस्त्र प्रहरीले लाठीचार्ज गरी पुनः भारत फर्काएको बताए । मुम्बईदेखि ४ दिन लगाएर आइतबार राती करिब १० बजे पर्साको ठोरी बजार आइपुगेका नेपालीलाई नगरपालिकाले उद्धार गर्ने तयारी गर्दा सशस्त्र प्रहरीले लाठीचार्ज […]
आज मात्रै थप ६२ जनामा संक्रमण, जम्मा संक्रमित ३५७

भरतपुर, ५ जेठ आज मात्रै मुलुकका विभिन्न जिल्लामा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बिहान ९ जना र दिउँसो थप ५३ जनामा संक्रमण देखिएको हो । नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमण पुष्टि गरेका हुन् । जसानुसार बाँकेमा मात्रै थप ४७ […]
बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण

नेपालगञ्ज, ५ जेठ बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले संक्रमण पुष्टि गरे । उनीहरुमध्ये १ जना महिला छन् भने बाँकी ४६ जना […]
कांग्रेसले सोध्यो–‘क्वारेन्टिनमा बसेकालाई किन बचाउन सकिएन ?’

भरतपुर, ५ जेठ नेपाली कांग्रेसले क्वारेन्टिनमा बसेका युवाले हस्पिटल पनि जान नपाई ज्यान गुमाउनुपरेको घटनामा सरकारको जवाफ मागेको छ । बाँकेको क्वारेन्टाइनमा रहेका एक युवाको मृत्युलाई सामान्य तवरले बुझ्न नहुने कांग्रेसको भनाइ छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति निकालेर निम्न प्रश्नको जवाफ मागेका छन् : १. ती युवकले अघिल्लो दिनदेखि नै पटकपटक वान्ता गरेको, […]
ब्राजिलमा संक्रमण तीव्र, स्वास्थ्य सेवाले धान्न नसक्ने अवस्थामा

भरतपुर, ५ जेठ ब्राजिल अहिलेको अवस्थामा कोरोना भाइरसको सबैभन्दा ठूलो संकट व्यहोरिरहेको देश हो । त्यहाँ संक्रमणको दर यति तीव्र छ कि ब्राजिल केही दिनमै बढी संक्रमित हुने देशहरुको सूचीमा पाँचौं नम्बरमा आइसकेको छ । उसले हिजो आइतबार इटालीलाई जितेको हो । इटाली विस्तारै कोरोना नियन्त्रणतर्फ अघि बढिरहेको छ । त्यहाँको जनजीवन सामान्यतर्फ फर्किने तयारीमा […]
जब सांसद्लाई घिसारेर संसद्बाट निकालियो…

हङकङ, ५ जेठ चिनियाँ राष्ट्रगानसम्बन्धी एउटा प्रस्तावित कानुनबारे विवाद उत्पन्न भएपछि हङ्कङको संसद्बाट केही प्रजातन्त्रवादी सांसदहरूलाई घिसारेर बाहिर निकालिएको छ। प्रस्तावित कानुनमा चिनियाँ राष्ट्रगानको अनादरलाई अपराध मानिने प्रावधान छ। उक्त अध्यादेशलाई प्रभावित पार्न सक्ने एउटा संसदीय समितिको नेतृत्वबारे सांसदहरूबीच विवाद भएको थियो। संसद्बाट बाहिर निकालिएका एक सांसद एडी चुले भने, “यदि हङ्कङमा प्रजातन्त्र भएको भए […]
बिग्रिएको ‘थर्मल गन’ देखाएर ग्राहक झुक्याउँदै भरतपुरको विद्युत प्रधिकरण

ग्राउण्ड जीरो रिपोर्ट-विद्युत प्राधिकरण भरतपुर भरतपुर, ५ जेठ विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा ग्राहकको भिड भएको फोटो भाइरल बन्यो । वास्तविकता बुझ्न कायाकैरनकर्मी लेखराम सापकोटा प्राधिकरण पुग्दा ग्राहकको संख्या त धेरै थियो तर सामाजिक दूरी कायम गर्ने कोशिस भने भएको थियो । झट्ट हेर्दा व्यवस्थित लागेपनि प्राधिकरणले ग्राहकलाई झुक्याइरहेको एउटा विषय भने कसैलाई पत्तै भएन […]
भारतबाट तीन दिनमा तीन दर्जन नेपाली चितवन भित्रिए, स्थानीयबासी त्रसित

भरतपुर, ५ जेठ कोरोना संक्रमणलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएपनि केही दिन यता भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने क्रम बढेको छ । तीन दिनको अबधिमा भारतबाट करिब तीन दर्जन व्यक्ति चितवन आएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माकाअनुसार आज मात्रै चितवनको भरतपुर १६ र कालिका नगरपालिकाका गरी ३० जना आइपुगेका […]
भरतपुरका वडास्तरमा १० बेडको क्वारेन्टिन बनाइँदै, खाना–खाजा घरबाटै ल्याउनुपर्ने

भरतपुर, ५ जेठ भरतपुर महानगरपालिकामा कोरोना संक्रमित जिल्ला तथा बाहिरी देशबाट समेत मान्छे आउन थालेपछि हरेक वडास्तरमा क्वारेन्टिन निर्माण गरिने भएको छ । महानगर कार्यपालिकाको हिजो आइतबार बसेको बैठकले क्वारेन्टिन व्यवस्थापनसम्बन्धी विभिन्न निर्णय गरेको छ । ती निर्णयका आधारमा वडातहमा क्वारेन्टिन व्यवस्थापन गर्न महानगरपालिका कार्यालयले सबै वडालाई पत्र काटेको छ । त्यसमा हरेक वडामा न्यूनतम […]
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ सय ४ पुग्यो

भरतपुर, ५ जेठ नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको इशनाथ नगरपालिका २, ३, ६ र ९ का ७ जना पुरुष, रौतहटकै माधवनारायण नगरपालिका-३ की एक महिला र बाराको करैयामाई-५ निवासी पुरुषमा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा […]
नेपाली युवा दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

काठमाडौं, ५ जेठ नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी […]