लकडाउनको २० दिनमा साल्ट ट्रेडिङ कर्पोरेशनले गर्यो १ करोड २२ लाख बढीको कारोबार

भरतपुर, ३० चैत्र
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढ चितवनले लक डाउनलाई मध्यनजर गर्दै शुपथ मूल्यको पसल सञ्चालन गरिरहेको छ । ११ गते देखि जारी लकडाउनले खाद्यबस्तुको अभाव र कालोबजारी हुन नदिन कार्यालय परिसरमा दशै तिहारमा सञ्चालनमा ल्याएको जस्तै सुपथ मूल्यको पसल सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख बुद्धि बिनोद दाहालले बताए ।

नेपाल सरकारले जनहितमा जारी गरेको सबै सुरक्षा बिधि अवलम्वन र सामाजिक दूरीसमेत कायम गरी पसलबाट कारोबार गरिएको दाहालले बताए । लक डाउनको २० दिनको अवधीमा १ करोड २२ लाख ९२ हजार रुपैयाँको कारोबार भएको दाहालले बताए ।

आयो नुन ५८ लाख ७२ हजार ८१५ रुपैयाँको ३ लाख १७ हजार १९४ केजी, चिनी ३१ लाख ७३ हजार १६४ रुपैयाँको ४३ हजार ४६८ केजी, पिठो ११ हजार ६१५ रुपैयाँको २०२ केजी, मस्यौरा २६ हजार ९१ रुपैयाँको ३३८ पाकेट, चामल ११ लाख ७६ हजार २५ रुपैयाँको २० हजार ९ सय ५ केजी, चिउरा ६१ हजार २० रुपैयाँको १ हजार ८५ केजी, मसला २२ सय ५५ रुपैयाँको १७ पाकेट, तेल ३६ हजार १७० रुपैयाँको २१० लिटर, चियापत्ती ८ हजार ३६० रुपैयाँको ३४ पाकेट, दाल गेडागुडी ३५ हजार ९५ रुपैयाँको २९० केजी, रासायीनक मल १८ लाख ८९ हजार ३९० रुपैयाँको १५ सय ८६ बोरा बिक्री भएको दाहालले बताए ।

कर्पोरेशनले यस भन्दा पहिला पनि कठिन समयमा सहजरुपमा नुन चिनीलगायतका खाद्यान्न बिक्री गर्दै आएको बताउँदै दाहालले प्रयाप्त मात्रामा खाद्य बस्तुको भण्डारण गरिएकाले कुनै पनि चिन्ता लिनुपर्ने अवस्था नभएको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट