स्वाब लिइएका चितवनका सबै स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ

भरतपुर, ३० चैत

भरतपुर कोरोना अस्पताल तथा चितवनका अन्य विभिन्न अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको कोरोना भाइरसको नमूना जाँच रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना अस्पतालले भरखरै जनाएअनुसार हिजो र आज संकलन गरिएका ३० जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

अस्पतालमा सुरुआतदेखि सक्रिय रहँदै आएका भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिलविक्रम कार्कीसहित ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वाबको नमूना परीक्षणका लागि भरतपुर कोरोना प्रयोगशालामा पठाइएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट