प्रेस युनियन चितवनको शनिबार तीज विशेष

भरतपुर, १३ भदौ
नेपाल प्रेस युनियन चितवनले भोलि (शनिबार) तीज विशेष कार्यक्रम गर्ने भएको छ । महिला पत्रकारहरुलाई लक्षित गरी तीज विशेष कार्यक्रम गर्न लागेको युनियनका अध्यक्ष अनिल ढकालले जानकारी दिए । पत्रकार महिलाबीच सामूहिक रुपमा तीजलाई उत्सवका रुपमा मनाउन कार्यक्रम आयोजना गरिएको उनले बताए ।


शुक्रबार बसेको युनियनको कार्यसमिति बैठकले तीज विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो । तीजको महिमालाई उजागर गदै महिला पत्रकारबीच उत्सवका रुपमा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम १४ गते विहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । भरतपुर–११ बसेनी स्थित गोर्खाली टोलमा रहेको प्रेस युनियनको कार्यालयमा कार्यक्रम हुनेछ ।
तीजको महिमा र महिला अधिकारबारे छलफल समेत गरिने सचिव प्रस्ताव सुवेदीले जानकारी दिए । तीजको मौलिकताबारे बहस गर्दै आपसी मिलनका लागि युनियनले कार्यक्रम गर्न लागेको हो । दुःख सुखका गीतमा लय हाल्दै गाउने तीज गीत गाउने पुरानो प्रचलन छ । तीजमा रहेका बेथीतिलाई न्यूनिकरणका लागि भएका अभियानलाई सञ्चारमाध्यममा ल्याउन समेत कार्यक्रम सफल हुने अपेक्षा गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट