महिला संघले मनायो तीज

भरतपुर, १३ भदौ
नेपाल महिला संघले तीज पर्वको मौलिकता कायम गर्न सबैलाई अनुरोध गरेको छ । नेपाल महिला संघ चितवनले नारायणी कला मन्दिर नारायणगढमा आयोजना गरेको तीजको शुभकामना आदानप्रदान कार्यक्रममा तीजको मौलिकता हराएकोमा वक्ताहरुले चिन्ता व्यक्त गरे ।


संघ केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मीले तीज पर्वलाई भड्किलो हुन नदिन सबै सक्रिय भएर लाग्नुपर्ने बताइन् । “विगतका तीज अधिकारबारे केन्द्रित हुन्थे”, उनले भनिन्, “महिलाअधिकार सुनिश्चित गर्न दबाब दिने पर्व पनि हो, नारीहरुको जमघट हुने अवसर पनि हो ।” केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारीले तीज पर्वको महिमा कायम गर्न विकृति हटाउनुपर्ने बताइन् । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले तीजमा हुने फजुल खर्चलाई सामाजिक काममा लगाउन सुझाए ।
पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, चितवनका पूर्वासभापतिहरु कृष्णलाल सापकोटा, तोपमान गुरुङ, टेकप्रसाद गुरुङ, कांग्रेस चितवनका कोषाध्यक्ष शंकरप्रसाद पौडेल, महासमिति सदस्य दिनेश कोइरालालगायतले शुभकामना व्यक्त गरे ।नेपाल दलित संघ चितवनकी अध्यक्ष शान्ती परियारले तीज पर्वलाई भड्किलो रुपमा नमनाउन आग्रह गरिन् । नेपाल महिला संघ चितवनकी सचिव तारा गुरुङले तीज पर्व महिलाहरुको उत्साहका पर्व भएको बताइन् । कार्यक्रम संघका अध्यक्ष पार्वती शाह ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट