पाहुनाले गरे रक्तदान

सौराहा, ११ साउन

देशको विभिन्न स्थानबाट आएका अन्तरिक पर्यटकले सौराहामा रक्तदान गरेका छन् । कार्यक्रमको सिलसिलामा सौराहा आएका स्वदेशी लघुबित्त बित्तीय सस्था इटहरीका ४० जना कर्मचारिले रक्तदान गरे । देशका विभिन्न स्थानमा संचालित सस्थाका शाखाका प्रबन्धकहरुले रक्तदान गरेका हुन् ।

बचत तथा ऋण सहकारी सस्थाले आफ्नो २० औ बार्सिकोत्सवको अवसरमा शनिबार होटलमै रक्तदान गर्ने ब्यवस्था गरेको थियो । कार्यक्रमको दौरान सौराहाको होटल मोनालिसामा रहेका उनिहरुले रक्तदान गरे । उक्त अवसरमा मोनालिसा होटलका १२ जना कर्मचारी सहित ५२ जनाले रक्तदान गरेको मोनालिसाका होटलका संचालक केशब खनालले बताए ।

सौराहा बचतले दुई स्थानमा कार्यक्रम गरेको थियो । दुबै तर्फ गरि १०८ जनाले रक्तदान गरेको सौराहा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष गणेश खतिवडा ले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट