परिचयः
हाम्रो देशमा प्रत्येक दिन समाचार बनेर आउने सडक दुर्घटनाको काहालीलाग्दो तथ्याङ्क, प्रत्येक दिन जसो पत्र पत्रिकामा छापिने वर्तमान अवस्थाको विश

्लेषण तथा न्यूनिकरणका उपाय सहितका सुझावहरु र वृद्धि भई रहेको जनधनको क्षतिलाई हेर्दा सम्वन्धित पक्ष यस विषयमा संवेदनशील नभएको सहजै अनुृमान गर्न सकिन्छ । हुनत शरिर रहुन्जेल रोग लाग्ने सम्भावना भए जस्तै सडकमा सवारी साधन गुडिरहँदा सम्म तथा सडक प्रयोगकर्ताहरुले सडकको प्रयोग गरिरहँदा सम्म सडक दुर्घटना हुने सम्भावना पनि रहि रहन्छ ।
विश्वमा प्रत्येक दिन करिव ३७०० मानिसले सवारी दुर्घटनावाट ज्यान गुमाएको तथ्याङ्क देखिन्छ भने करिव १.५ लाख मानिस घाईते भएको देखिन्छ । विश्वमा वृद्धि भई रहेको सवारी दुर्घटनालाई न्यूनिकरण गर्न विशेष अभियान संचालन गर्ने उद्धेश्यले संयुक्त राष्ट्र संघले सन् २०११ देखि २०२० सम्मको दशकलाई सडक सुरक्षाको दशक (Decade of Action for Road Safety ) को रुपमा कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरे बमोजिम नेपालमा पनि विभिन्न टोल विकास समिति, क्लव, पेशाकर्मी संगठनहरु, गैह्र सरकारी, अर्धसरकारी र सरकारी पक्षवाट सडक सुरक्षा सम्वन्धित कार्यक्रमहरु सञ्चालन हुने गरेको पाईए पनि परिणाम भने दिन सकिरहेको छैन । जस्का कारण घरवाट यात्रामा निस्केको परिवारजन पुनः घर फर्किन्छ वा फर्किदैन भन्नेमा सवै चिन्तित रहेको अवस्था छ ।
नेपालमा वार्षिक करिव २४०० मानिसको मृत्यू र १३ हजार मानिस घाईते हुने गरेको तथ्यांक रहेको छ । चितवन जिल्लाको तथ्याङ्कलाई हेर्दा विगत ६ वर्षमा क्रमस ७८,८२,७५, १६३, १३२ र १४६ जनाले ज्यान गुमाएका छन् भने ३४७, २५९, २५३, ५७५,५२९ र ५५८ जना घाईते भएका छन् ।
राज्य तथा स्थानीय तह लगायत आम नागरिकहरुमा सडक पुर्वाधार विकास नै विकासको पहिलो आधारस्तम्भ हो भन्ने मानशिकताले सडक सञ्जाल दिनानुदिन बृद्धि भई प्रत्येक गाउँ सहरमा सडक पुगेको अवस्था छ । जुन खुसीको कुरा हो तर सडक सुरक्षालाई प्राथमिकता र केन्द्र विन्दुमा राखेर मात्र विकास निर्माणका योजना बन्नु बनाउनुपर्नेमा जमिनको अध्ययन नै नगरि, सुरक्षाको सवालमा कुनै अध्ययन नै नगरि बनाईने भौतिक पुर्वाधारहरु र सडक क्षमताको अध्ययन विश्लेषण नै नगरि भित्र्याईएका सवारीको चापले सवारी दुर्घटना र क्षतिलाई वृद्धि गर्न मद्धत पु¥याएका छन् । स्मरण गर्नु पर्ने कुरा के हो भने सुखी नेपाली र सम्वृद्ध नेपालको महाअभियानलाई सार्थक बनाउन प्रत्येक नेपालीलाई सुरक्षीत यात्राको व्यवस्था मिलाउनु राज्यको कर्तव्य हो ।
जसरी प्रत्येक यात्री गन्तव्यमा पुग्नकोलागि आप्mनो मानसपटलमा सडकको नक्सा बनाउँछ र अगाडि बढ्छ त्यसैगरी प्रत्येक सडक प्रयोगकर्ताहरुलाई सडकले डो¥याएको हुनुपर्दछ । कता जान हुने— कता जान नहुने, कता जाँदा पालना गर्नु पर्ने नियमहरु के के हुन, सजगताकालागि के के गर्नु पर्दछ र के के कुराको जानकारी राख्दा राम्रो हुन्छ भन्ने वारेमा सडकले सडक प्रयोगकर्तालाई गाईड गर्नु पर्दछ । सडकले गाईड गर्नका लागि सडकमा पर्याप्त मात्रामा ट्राफिक संकेतहरु तथा सडक रेखाहरु हुनु पर्दछ । हाम्रो देशमा सडक पुगेको स्थानमा ट्राफिक संकेतहरु छदै छैनन भन्दा पनि हुन्छ । सहर बजारमा यदाकदा देखिने ट्राफिक संकेतले सडक प्रयोगकर्ताहरुलाई गाईड गर्न सकेका छैनन, कतिपय सडक प्रयोगकर्ताहरुको त त्यस्ता चिन्हमा हेर्ने, बुझ्ने र कार्यान्वयन गर्ने बानी समेत परेको छैन । हाम्रो देशमा सडक प्रयोगकर्ताहरुलाई सडकले राम्रो संग गाईड गर्न नसकेको कारणले सवारी दुर्घटना धेरै भएको लेखकले अनुभूति गरेको छ ।
के हो त ट्राफिक संकेत ?
साधारणतया ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्युनिकरणका लागि सडकमा रहेका चिन्ह वा संकेतहरुलाई ट्राफिक संकेत भनिन्छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा २ को (ज्ञ१) मा “ट्राफिक सङ्केत” भन्नाले प्रहरी वा एक सवारी चालकले अर्काे सवारीको चालकलाई दिएको सूचना, सङ्केत वा ईशारा सम्झनु पर्छ र सो शब्दले सवारीको नियन्त्रण वा निर्देशनका लागि लिखित वा साङ्केतिक रूपमा टाँसेको, राखेको वा जडान गरिएको सूचना सङ्केत वा ईशारा समेतलाई जनाउँछ भनि परिभाषित गरेकोले सडकमा सडक प्रयोगकर्ताहरुलाई सहज र सुृरक्षीत आवागमन व्यवस्थापनकालागि रहेका सवै चिन्ह संकेतहरु ट्राफिक संकेत हुन भन्न सकिन्छ ।
सडकमा रहने ट्राफिक संकेतहरुः
ट्राफिक संकेतहरुलाई सडक छेउमा गाडिने, टासीने वा लेखिने संकेतहरु, सडकमै पोतिने संकेत वा रेखाहरु र विद्युतिय संकेतहरु गरी ३ प्रकारवाट व्यवस्थापन गर्न सकिन्छ । 
१) सडक छेउमा गाडिने, टासीने वा लेखिने संकेतहरुः
यस्ता संकेत चिन्हहरु सडकको बायाँ किनारामा गाडिएका, टासीएका, वा लेखिएका हुन्छन् । यिनिहरु ३ प्रकारका हुन्छन् ।
(क) प्रतिबन्धात्मक चिन्हहरु (Regulatory Signs) ः
अष्टाकार – रोक र जान देउ
घोप्टे त्रिभुजाकार – मुल सडक वा घुम्तीमा गति कम गरी जान देउ
अन्य रातो र निलो गोलाकार भित्र रहेका सबै चिन्हहरु
(ख) सचेतात्मक चिन्हहरु (Warning Signs) ः
यस्ता चिन्हहरुले सडकमा भएका केही खतराजनक कुराहरुको जानकारी दिन्छन र चालकले पालना नगरेमा सवारी दुर्घटना हुन सक्छ, यस्ता चिन्हहरु रातो त्रिभुज आकारमा रहेका हुन्छन् ।
(ग) सुचनामूलक चिन्हहरु (Informative Signs) ः
यस्ता चिन्हहरुले सडक प्रयोग गर्ने सवैलाई उपयोगी सूचनाहरुको जानकारी दिने गर्दछन , यस्ता चिन्हहरु निलो वर्गाकार र चतुर्भुजाकारमा रहेका हुन्छन् ।
२) सडकमै पोतिने संकेत वा रेखाहरुः
सडकमै पोतिएका रेखाहरुले जुन लेनमा सवारी चलि रहेको छ त्यहि लेनको चालकलाई गाईड गर्नेगरि पोतिएका हुन्छन् । यस्ता रेखाहरुलाई पनि ३ भागमा वर्गिकरण गरी व्यवस्थापन गरिएको हुन्छ ।
(क) प्रतिबन्धात्मक रेखाहरु (Regulatory Lines) ः सडकको विचमा भएको अविच्छिन्न लामो सेतो रेखा र सडकको किनारामा भएको अविच्छिन्न पहेलो रेखा प्रतिवन्धात्मक रेखा हुन् । यस्तो रेखालाई चालकले पार गर्नु, कुल्चनु हुँदैन । यस्का अतिरिक्त चालकले पालना गर्नैपर्ने भनेर पनि सडकमा रेखाहरु पोतिएका हुन्छन् जस्तै दहिने जाउ, यूटर्न नगर, पार्किङ्ग नगर, नरोक आदि ।
(ख) सचेतात्मक चिन्हहरु (Warning Lines) ः सडकको विचमा भएका लेन छुट्याउने रेखा भन्दा केहि लामा तर अविच्छिन्न नभई ठाँउ—ठाँउमा फाटेका रेखाहरु सचेतात्मक रेखाहरु हुन, यस्ता रेखालाई पार गर्नुपर्दा चालकले होसीयारी अपनाउनु पर्दछ वा आँफु र अर्को सडक प्रयोगकर्ता सुरक्षीत भएमा मात्र पार गर्न सकिन्छ । यस्का साथै सडक प्रयोगकर्तालाई सचेत गराउन विभिन्न सचेतनामूलक चित्र समेत पोत्न सकिन्छ जस्तै अगाडि साईकल लेन छ, अगाडि शाखा सडक छ , अगाडि जंसन छ आदि र सडकमा क्याट्स आई (टल्किेने बस्तु) राखेर समेत सचेत गराउन सकिन्छ ।
(ग) सुचनामूलक रेखाहरु (Informative Lines) ः सडक प्रयोग गर्ने प्रयोगकर्तालाई तपाईको भागमा यति सडक पर्दछ है भनेर जानकारी दिने खालका लेन छुट्याउने रेखाहरु सुचनामूलक रेखाहरु हुन । यस्ता रेखाले सडकको भाग, किनाराको भाग आदि छुट्याएका हुन्छन् । जुन सडकको विचमा सेतो रंगमा र किनारामा पहेलो रंगमा छोटा—छोटा धर्का पोतिएका हुन्छन् । यस्का साथै सडक प्रयोगकर्तालाई सुचित गर्नु पर्ने अन्य विभिन्न जानकारीहरु समेत पोतिएका हुन सक्दछन् ।
३) विद्युतिय संकेतहरुः
सडकमा विद्युतको माध्यमवाट सडक प्रयोगकर्ताहरुलाई गाईड गर्ने संकेतहरु विद्युतिय संकेतहरु हुन जस्तै ट्राफिक लाईट, हेजार्ड लाईट, मेनुअल पैदल यात्री क्रसिंग लाईट आदि ।
सडकमा माथी उल्लेखित जे जस्ता ट्राफिक संकेत चिन्हहरु उपयुक्त हुन्छन त्यस्ता संकेतहरुको अधिकतम उपयोग गरियो भने मात्र सुरक्षीत सडक यात्रा बन्न सक्छ । तर विडम्वना हामी कहाँ सडक बनाउनु पर्दछ भन्ने ध्यान छ तर सडकका रहनु पर्ने ट्राफिक संकेत चिन्हहरु वारे सोच्ने काम हुँदैन । अधिकांस सडकहरुमा त लेन समेत छुट्याईएको छैन, कुन सवारी काहाँबाट चल्ने भन्ने समेत जानकारी दिईएको छैन । सवारी चालक तथा अन्य सडक प्रयोगकर्ता सडकमा पुगे पछि उस्लाई सडकले डो¥याउनु पर्दछ, सडक फर्निचरहरु यति पर्याप्त मात्रामा हुनु पर्दछ कि सडक प्रयोगकर्तालाई दायाँ वायाँ गर्न नसक्ने गरि गन्तव्य सम्म बाधेर लैजानु पर्दछ तव मात्र सडक प्रयोगकर्ताले मनोमानी गर्न, लापरवाही गर्न पाउँदैन अनि दुर्घटना हुने सम्भावना पनि अत्यन्त कम हुन्छ । तसर्थः
प्रत्येक सडकमा लेन छुट्याउनु पर्दछ, कति लेनको सडक हो, कहिँ कतै जम्मा एक लेनको मात्र सडक भए प्राथमिकता कस्को स्पष्ट देखिने हुनु पर्दछ ।
वायाँ, दाहिने,यूटर्न कता घुम्नु पर्ने हो, सोहि स्पष्ट देखिने गरि सडकमा निर्धारित गति अनुसारको दुरी वाट एरो देखाउदै लैजानु पर्दछ ।
सडकमा गाडिने, लेखिने वा झुण्ड्याईने ट्राफिक संकेतहरु सडकको निर्धारित गति अनुसार कम्तिमा ५० देखि १०० मिटर वर नै स्पष्ट देखिने गरि राखिएको हुनु पर्दछ । हाईवे को हकमा १—२ किलोमिटर वर वाट नै हेर्दै अगाडि बढ्ने व्यवस्था मिलाउनु पर्दछ ।
प्रत्येक चोक चौराहामा ट्राफिक लाईटको व्यवस्था र अन्य स्थानवाट समेत पैदल यात्रीले सडक पार गर्नु पर्ने भए सडक प्रयोगकर्ताले म्यानुअल्ली अपरेट गर्न मिल्ने गरि ट्राफिक लाईटको व्यवस्था मिलाउनु पर्दछ ।
कुनै स्थानमा कुनै कारणले अस्थायि रुपमा सडक अवरोध हुन पुगेमा वा साँघुरो हुन पुगेमा मोवाईल ट्राफिक लाईटको व्यवस्था गरि ट्राफिक व्यवस्थापन गर्नु पर्दछ ।
हाईवेमा चलि रहेको सवारी दाहिने मोडिनु पर्दा अर्को लेनमा चलेको ट्राफिकलार्ई असर नपार्न बायाँ तर्फ एक्जीट निकालेर फ्रलाई ओभर वा सव वे निकाल्नु पर्दछ ।
सडकमा मनपरि दाहिने मोड्ने प्रचलनलाई अन्त्य गर्न रोड मेडियनलाई अनिवार्य रुपमा लागू गर्नु पर्दछ ।
पैदल यात्रीलाई सडकको पेटी र सडक पार गर्न ट्राफिक बढि हुने स्थानमा ओभरहेड ब्रीज र कम हुने स्थानमा कम्तिमा ३००—५०० मिटरको दुरीमा एउटा जेब्रा क्रसिङ्ग निर्माण गर्नु पर्दछ ।
चोक चौराहामा ओभरहेड ब्रीज नभई जेब्रा क्रसिङ्ग भए रेलिङ्ग लगाएर जेब्रा क्रसिङ्ग सम्म पैदलयात्रीलाई डो¥याउनु पर्दछ ।
सडकमा राखिएका, पोतिएका वा जडानगरिएका सवै प्रकारका ट्राफिक संकेतहरुलाई मर्मत संभार गरि रहनु पर्दछ , ताकि सडक प्रयोगकर्ताले स्पष्ट संग देखोस र बुृझोस ।
कुनै पनि बाहानामा ट्राफिक अवरोध हुने काम कोही कसैलाई पनि गर्न गराउन दिनु हुंदैन, यस्तो कार्यलाई समयानुकुल दण्डनिय बनाई कडाईका साथ कार्यान्वयन गर्नु गराउनु पर्दछ, कानून कार्यान्वयनमा मोलाहिजा नहुने, नगर्ने वातावरण बनाउनु पर्दछ ।





