खोलामा डुबेर बालकको ज्यान गयो

कालिका, १० साउन
चितवनमा खोलामा डुबेर शुक्रबार दिउँसो एक जना चेपाङ बालकको ज्यान गएको छ । पूर्वी चितवनको कालिका नगरपालिका–१० घर भई कालिका–९ मा डेरा गरी बस्ने विकास चेपाङका ६ वर्षीय छोरा सन्देश चेपाङको खोलामा डुबेर ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।
आमासंग कयर खोलामा लुगा धुन गएको बेलामा नुहाउने क्रममा सन्देशलाई खोलाले बगाएको थियो । उनको कालिका–८ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
यसैबीच, नारायणगढबाट मुग्लिङ् हुँदै काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । ना ६ ख २८९५ नम्बरको उक्त बसलाई बिपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका अन्तर्गत कुरिनटारमा शुक्रबार बिहान भएको दुर्घटनामा घाइतेहरुको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ । घाइते सबैको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट