अपव्याख्या गरेर ईतिहास फेरिन्नः विज्ञ


विप्लव काफ्ले
भरतपुर, २८ पुस
संस्कृति तथा ईतिहासका अध्येता डा. रमेश ढुंगेलले पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन गर्ने काम रोक्नुपर्ने बताएका छन् । स्वतन्त्र विचार समाज नेपाल भरतपुरले शुक्रबार आयोजना गरेको ‘राष्ट्रिय एकता र चूनौती’ विषयक विमर्श कार्यक्रममा उनले अपव्याख्या गरेर उनको ईतिहासलाई मोड्न केही बुद्धिजीवी नै लागेकोमा दुःख व्यक्त गरे । “राज्य व्यवस्थापकीय सीप, ज्ञान र विवेक उनमा असाधारण रहेको ऐतिहासिक स्रोतले पुष्टि गर्छ”, उनले भने, “क्रुर, हिन्दू सम्राट, जित मात्रै चाहने व्यक्तिका रुपमा चित्रण गर्न खोजिनु गलत हो ।”
उनी साझा संस्कृति र धरोहरको नेपाल निर्माणमा लाग्ने व्यक्ति भएको बताए । “स्वार्थ र सतहमा बगेर अपव्याख्या गर्ने काम भइरहेका छन्”, उनले भने, “साझा संस्कृति चाहने युगपुरुषको अवमूल्यन गर्ने काम बन्द गरिनुपर्छ ।” उनका दिव्योपदेशलाई समेत विरुदावाली (हेगियोग्राफी) का रुपमा चित्रण गर्ने काम गलत भएको उनले बताए । “त्यसबेलाको शासन व्यवस्थामा सहयोगीलाई भेला गराएर दिइएको राज्य सञ्चालन निर्देशिकालाई वर्णनशास्त्रका रुपमा चित्रण गर्न थालिएको छ”, उनले भने “राष्ट्र निर्माण र त्यसको बचाउ र स्वतन्त्रताको निरन्तरताको निर्देशलाई कुप्रचार गर्ने काम सुरु भएका छन् ।”
उनी हिन्दूधर्म परम्पराको मात्र नभई वैदिक सनातनलगायत धामी, झाँक्री, वोन, बौद्ध, मुन्धुम, फेदाङ्वा, विजुवा, मष्टा आदि परम्पराका संरक्षक रहेको इतिहासले पुष्टि गरेको उनले बताए । “विजित राज्यका शालीकलाई समेत सांस्कृति ‘सिम्बोल’ का रुपमा राखेका थिए”, उनले भने । उनलाई अपव्याख्या गरेर उनको योगदानाई तोडमोड गर्न खोजिनु गलत भएको उनले बताए । “नेपालको राष्ट्रियतामाथि डसिएको युगमा छौँ”, उनले भने, “आन्तरिक तथा बाह्य रुपमा डसिएको अवस्थामा पनि धर्मसंस्कृतिको न रक्षा भएको छ, जग बलियो छ, धमिरा लाग्न दिनु हुँदैन ।”
नेपाली कांग्रेसका पूर्वसांसद् रामकृष्ण घिमिरेले पृथ्वीनारायण शाहलाई सम्मान गर्ने अभियान सुरु भएको बताए । “बंशले गरेका राम्रा नराम्रा कामको अपजस दिनु हुँदैन”, उनले भने, “नेपाल स्वतन्त्र छ छैन, अहिलेसम्म विश्लेषणको विषय छ, तर टुक्रे राज्यलाई एकीकरण गर्न उनको योगदान स्मरणीय छ ।” साहित्यकार प्रा.डा. चुणामणि बन्धुले राष्ट्र निर्माताको सम्झनामा देशले एकताको सन्देश दिने गरी कार्यक्रम चलाउनुपर्ने बताए । प्रा. डा. वासुदेव त्रिपाठीले इतिहासलाई छेडपेच गरेर पृथ्वीनारायणको योगदानको अवमूल्यन गर्न नहुने बताए । प्रदेश सांसद गीता वाग्लेले राष्ट्र निर्माताको सम्मान गर्न राज्य चुकेको बताइन् ।
कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाले देशमा नफुट्ने एकताको खोजी भइरहेको बताए । पूर्वसभापति पृथ्वीमान गुरुङले ‘दुई ढुंगाबीचको तरुल’ भनी दिएको अभिव्यक्तिले देशलाई बचाइराख्न सतर्क रहनुपर्ने सन्देश दिएको बताए । भ्रष्टाचारविरुद्धको अभियान चितवनका संयोजक भीमबहादुर श्रेष्ठले व्यक्तिगत स्वार्थमा नेतालाग्दा देशले विकासको गति लिन नसकेको बताए । समाजका प्रवक्ता एलबी क्षेत्रीले देश एकता उबेला नभएको भए के हुन्थ्यो होला भनेर सोच्नुपर्ने बताए । कार्यक्रम समाजका अध्यक्ष दिलबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट