वाईबी (यज्ञविलास) पौडेल
प्रवन्ध निर्देशक
सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा.लि. नारायणगढ
जापान भाषाको कक्षा, तालिम दिने र परामर्श दिन अब्बल संस्थाका रुपमा सेन्ट्रल कलेज अफ भोकेसनल परिचित छ । सन् २०१० मे २४ बाट सेवा सुरु गरेको यो संस्थाको मुख्य कार्यालय काठमाडौं पुतलीसडकमा छ । चितवनको नारायणगढस्थित शहीदचोक नारायणगढमा शाखा कार्यालय छ । यस्तै टाँडी सौराहा र कावासोतीको थानाचोक, बुटवलको मिलनचोक, पोखराको न्यूरोड, हेटौंडाको स्कूलरोडमा शाखा कार्यालय छन् । जापानमा समेत सम्पर्क कार्यालय छन् । जापानिज म्यानेजमेन्टमा सञ्चालित एकमात्र कलेज हो ।
जापान अध्ययन र रोजगारीका लागि उपयुक्त गन्तव्य हो । सबै वर्गका विद्यार्थी सहजै जान सक्ने अवस्था छ । पढाइ ग्याप भएका, मध्यमस्तरका सबै विद्यार्थी जान सक्ने अवस्था छ । जापान करिब १२ लाख रुपैयाँमा जान सकिन्छ । १ वर्षको फी, ६ महिनाको होष्टेल खर्च, प्लेन भाडा, आवश्यक किनमेल, सामान्य पकेट खर्च गर्दा १२ लाखले पुग्छ ।
जान धेरै लगानी गर्नुपर्ने आवश्यकता छैन । यहाँ भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहाँ पुगेर पछि १–२ वर्ष भाषा स्कूलमा जानुपर्छ । यहाँबाट जाने करिब ९८ प्रतिशत विद्यार्थी जापानिज कोर्षकै लागि जान्छन् । त्यहाँ भाषा कक्षा लिएपछि आफूले चाहेको कलेज, युनिभर्सिटी रोज्न पाउनेछन् । जापान सरकारले विद्यार्थीलाई पढाइसँगै काम गर्ने अवसर पनि दिएको छ । विद्यार्थी पढाइ भिसामा गएपनि पढाइ पूरा भएपछि कामदार भिसामा परिणत गर्न मिल्ने अवस्था छ । त्यहाँ रोजगारी वा व्यवसाय गर्ने प्रशस्तै अवसर छन् ।
एसईई पढाइ पूरा गरेपछि जापान जान सकिन्छ । त्यसैले जापान जान चाहने विद्यार्थीको चाप बढी छ । जापानमा भाषा स्कूल करिब ४ सय छन् । यस्तै सीपमूलक तालिम दिने, पढाइ हुने सयौँ कलेजहरु छन् । भाषा कलेजको पढाइ सकेपछि यहाँबाट जाने विद्यार्थीको खर्च तुलनात्मकरुपमा कम हुन्छ ।
नारायणगढ शाखाको व्यवस्थापन सबल छ । अनुभवी प्रशिक्षक छन् । भाषा पढाउने र जापानमै पढेर आएका दक्ष प्रशिक्षकले भाषा कक्षा लिदै आइरहेका छन् । ४ वर्ष पहिलेसम्म अन्य भाषा र देश पठाउन परामर्श दिदै आएको यो कलेज अहिले जापान केन्द्रित छ । हाम्रोमा १५ औँ सिफ्टसम्मका भाषा कक्षा चलिरहेका छन् । कम्युटर, होटल, प्राविधिक अन्य तालिमहरु चलाउँदै आइरहका छौँ । भाषा पढाउने र तालिमसमेत दिन पाउने मान्यता पाएको एक मात्र कलेज हाम्रो हो । यहाँ भाषा कक्षा लिन आउनेहरुबीच भाषा अभ्यास गरिन्छ । सकेसम्म जापानी भाषामै बोल्नुपर्ने वातावरण बनाएका छौँ । यहाँ जापानकै कलेज स्कूलका सम्बन्धित व्यक्तिले बेलाबखत ‘गेष्ट क्लास’ दिदै आएका छन् ।
जापान जाने अधिकांश विद्यार्थीले टोकियो, ओशाका, नागोया, फुकोओकालाई रोजाइँमा पार्छन् । जापानको हावापानी नेपालसँग मिल्दोजुल्दो छ । ठाउँअनुसार फरक–फरक छ । होकाइदो चिसो क्षेत्र, टोकियो, ओशाका, नागोया मध्यमसतरको हावापानी छ । यस्तै हिरोसिामा, फुकोओका, ओकीनाका केही गर्मी हुने क्षेत्र हो । जापानमा आईटी, होटल क्षेत्रका रोजगारीका राम्रा अवसर छन् । जापानको शिक्षा विश्वव्यापी छ । जापानको जनसंख्या घट्दो क्रममा छ । युवा जनशक्ति अभाव छ । साइड सिटीमा काम गर्ने जनशक्ति अभाव छ । उद्योग खुल्ने क्रम बढेको छ । त्यसैले पनि यहाँ रोजगारीको राम्रा अवसर छन् ।
जापानले नेपालसहितका केही देशबाट दक्ष तथा अर्धदक्ष कामदार लैजाने नीति पास गरेको छ । जसले गर्दा अब कामदार भिसामा समेत जान पाउने अवस्था बनेको छ । तर, नेपाल सरकार र जापान सरकारले संयुक्तरुपमा छनौट गरेर कामदार जापान जाने बाटो खुल्दै छ । तर, हामीले विद्यार्थी भिसामा पढाउन आवश्यक परामर्श दिने गरेका छौँ ।
कामदार र विद्यार्थी भिसामा जापान जान चाहनेका लागि भाषा कक्षा चलाइरहेका छौँ । कामदार वा विद्यार्थी सबैलाई भाषा उत्तीर्ण अनिवार्य हुनुपर्ने व्यवस्था छ । डिपार्टमेन्ट, भ्रमणलगायतका भिषामा जान चाहनेका लागि भाषा कक्षा आवश्यक हुन्छ । अब्बल मानिएको हाम्रो कलेजमा भाषा कक्षा लिन आउन अनुरोध छ । प्रत्यक्ष यहीं आएर छनौट गरी विद्यार्थी लैजाने काम भइरहेका छन् । त्यसैले एकपटक सेवा दिने मौका दिनुहोस् । चितवन महोत्सवको ३०९ नम्बर स्टलमा हाम्रो संस्था रहनेछ । यहाँ आएर दर्ता गर्नेलाई भाषा कक्षामा सहुलियत तथा केही सुविधा दिने योजना बनाएका छौँ ।








