रहेनन् ‘सिडिओसा’ब’

भरतपुर,२६ साउन ।

चितवनमा दुईपटक प्रमुख जिल्ला अधिकारी बनेका नरेन्द्रराज शर्माको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित उनको ६३ औं वर्षमा काठमाडौंमा शुक्रबार निधन भएको हो । चितवनमा राम्रो काम गरेको भन्दै उनलाई धेरैले स्मरण गर्छन् ।

वि.सं २०१३ सालमा सुर्खेत जिल्लाको पोखरीकाँडा–५ मा जन्मिएका उनले ३८ वर्ष सरकारी सेवामा जीवन व्यतित गरेका थिए । उनले उमेर हदका कारण चितवनकै प्रमुख जिल्ला अधिकारी रहेको बेला अनिवार्य अवकास लिएका थिए । शर्माले कानून र जनप्रशासनमा डिग्री हासिल गरेका थिए ।

३८ वर्षको जागिरे दौरानका क्रममा उनले २८ वर्ष गृह प्रशासनमातहतमा काम गरे । २०७२ भदौ ४ गते उनले अवकास लिएका थिए । उनी चितवनमा पहिलोपटक विसं २०६२ सालमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा चितवनमा काम गरेका थिए । त्यस समयमा चितवनमा प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज पौडेल रहेका थिए । सिडिओ पौडेल केही महिना विशेष कारणले कार्यालयबाहिर रहेपछि शर्माले प्रमुखको जिम्मवारी पाएका थिए । २०६२ फागुन १६ देखि २०६३ वैशाख १६ सम्म उनले चितवन जिल्ला प्रमुखका रुपमा भूमिका निर्वाह गरेका थिए । यस समयमा देशमा १९ दिन लामो दोस्रो जनआन्दोलन चलिरहेको थियो । चितवनमा पनि आन्दोलनको आगो दन्किरहँदा प्रमुख शर्माले निकै संयमताका साथ काम गरेको राजनीतिक दलका नेताहरु स्मरण गर्छन् ।

दोस्रोपटक २०७० वैशाख २३ मा चितवन सरूवा भई आएका उनले त्यसबेला सबैको मन जितेका थिए । पचासौँ सिडिओका रुपमा यहाँ आएका उनी सबैभन्दा लोकप्रिय सिडिओका रुपमा दरिए । दर्जनौं नमूना काम गर्ने क्रममा उनले कार्यालयबाहिर रहेका लेखापढी तथा विचौलियालाई कार्यालय हाता प्रवेशमा रोक लगाएको घटना चर्चित छ । आफू बाहिर हिँडेमा जनताको काम रोकिने भन्दै शर्माले गैरसरकारी संस्थाको बैठकमा नजाने निर्णय, नागरिकताको कम्प्युटरमा अभिलेखीकरणको सुरूआत र कम्प्युटर प्रिन्ट गरी नागरिकता वितरण सुरूआत, कार्यालयमा सुशासन कायम गर्नका लागि १६ वटा सीसी क्यामरा जडान गरिनुका साथै विद्युतीय हाजिरी प्रणाली र टोकन सिस्टम लागू गरिएको घटना पनि सबैले याद गर्ने गर्छन् ।

शर्माले आफ्नो ३८ वर्षे सेवाअवधिको यादहरु समेटेर ‘सिडिओसा’ब पुस्तक पनि लेखेका छन् । यसमा पनि चितवनको प्रशंसा गरेका छन् । केही समयअघि उनलाई चितवनमा हामीले नगरे कसले गर्ने ? संस्थाले नागरिक अभिनन्दन गर्दा उनले भनेका थिए, “म अझैपनि चितवनको सिडिओ भइरहेजस्तो लाग्छ, यहाँकै हुँजस्तो लाग्छ ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट