उज्यालोका मालीहरू काव्यमा साहित्यको माध्यमबाट उज्यालो खोज्ने नवपुस्ताका कविहरूको कवितात्मक कोलाज हो ।उत्तरआधुनिकताको प्रवेशले कविताको मानक रूप भत्किएको छ । यही स्वरुप नै कविता हो भन्ने मानक रूप अहिले देखिँदैन । कविताकोसनातनी ढाॅँचालाई त्यागेर जीवनबोध र सामाजिकतालाई यस काव्यका कविहरूले जोड दिएका छन् । विशेष गरी जीवनलाई नजिकबाटकोमल शब्दहरूबाट उतार्ने काम कविहरूले गरेका छन् । कवितामा अंशत : विचारका ज्वारभाटाहरू छन् भने मूलत : जीवनका ऊहापोहरूछन् ; वर्तमान समाजका बिब्ल्याँटाहरू छन् । कविहरूले समाजको जीवनभोगाइलाई मिहिन तरिकाले प्रस्तुत गरेका छन् । काव्यमागुलाबी उमेरका कविहरू छन् जसले प्रेम,विछोड,सामाजिक विसङ्गति,राष्ट्रप्रेम , जीवनबोध आदिका पक्षहरू मुखरित भएका छन् ।
काव्यका केही साक्ष्यहरू :
म अग्लो छु
सहजै भेट्छु घरको निदाल
सहजै टिप्छु डाँडाको पीपलको पात भुइँबाट
सहजै चढ्छु स्वयम्भुका सिँढीहरू ..। ( उचाइ : अदिप अधिकारी )
……………………………..
कुनै बेसीबाट जापानी सडक गएपछि
माथि लेकमा
एक्लो भएको एउटा गोरेटोको कथा हुन् उनी …( विधवा – अनिल खतिवडा )
………………………………….
बुद्धका आँखा
ऊ त्यो सगरमाथाको टुप्पोबाट
फेदीका फाँटहरूमा नियाल्दै छन् …( अन्योल – अर्जुन आचार्य )
……………
मुटुभरि निकोटन बोकेर
आफैमा डढेलो सल्काउनु
र बिस्तारै जल्दै जानुमा विश्वास छ …( चुरोट -ऋजन मायालु )
………………
आगोले पानीलाई सिध्याउँछ
बाफ बनाएर उडाउँछ
तर त्यही आगोले मलाई सिध्याउँदा
किन खरानी बनाउँछ , आमा ? …( खरानी – दिपिका खतिवडा )
………………….
म पर्खिरहेको छु
आफ्नै सुन्दर मृत्युको
दृश्य हेर्न ….( शीत -निरज दाहाल )
………………………
काँडा बिझेपछि मात्र
चप्पलसँग प्रेममा परे
पाइतालाहरू ..( काँडा – प्रदीप योङहाङ )
……………….
आकार केही हैन प्रिया
वाफ बनेपछि
सिङ्गै समुद्र आकाशमा अट्छ ..( आकार -मोहन सङ्ग्राम )
……………….
आमाको कोखदेथि
आमाको काखसम्म
मैले एकजुनी पाइसकेको छु ..( यात्रा- रेहान खान )
………….
बर्सौ घरबाहिर बसेर विज्ञान पढेको छोराले
घर फर्केपछि
आमाले बर्सौदेखि पूजा गर्दै आएको देउथानको
ढुङ्गो झिकेर
फालिदियो घरमुन्तिर …….
आमाले महसुस गरिन्
बर्सौसम्म उनले बडो प्रेमले चुमेका मृदु ओठहरू
बालुवाका बनिसकेछन् …( अन्तर – शरद ऋतु )
……………………..
एक हातमा बिस्कुट थियो
अर्को हातमा चाउचाउ
दिदीले चाउचाउ खान्छु भनी
भुन्टे, तँ के खान्छस् सोध्नुभयो आमाले
मैले बिस्कुट रोजेँ
र दिदी चाउचाउ पाएर निराश भई ..(अप्सन र अधिकार -सुदर्शन पौडेल )
उज्यालोका मालीहरू : अर्गानिक स्वादको काव्य
उज्यालोका मालीहरू : अर्गानिक स्वादको काव्य
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस