भरतपुर, २४ चैत ।
कुर्घा-चितवन-नवलपुर सम्पर्क समाजले ज्येष्ठ नागरिकलाई सम्मान गरेकाे छ । संस्थाले बिगतमा जस्तै याे वर्ष पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छ । सम्मान कार्यक्रममा ९७ वर्षीया पद्मावती पाैडेल( पदमानन्द सरस्वती)काे हातबाट नयाँ वर्ष २०८१ को भित्तेपात्रो पनि सार्वजनिक गरिएको छ ।
पर्वत जिल्लाकाे कुर्घाबाट बसाइसराइ गरी चितवन र नवलपुर क्षेत्रमा बसाेबास गरिरहेका र ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूलाई सोही समारोहमा सम्मान गरिएको हो । निर्भाना पार्टी प्यालेस भरतपुरमा भएकाे कार्यक्रममा कुर्घेली बन्धुहरूकाे उत्साहजनक सहभागिता रहेकाे थियाे । संस्थाका अध्यक्ष्य चन्द्रमणि शर्माकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव खिलप्रसाद शर्माले सहजीकरण गरेका थिए ।