दुबईको रङ्गीन रातमा हराएको मुस्कान

दुबई नयाँ वर्षको उमङ्गमा रमाइरहेको थियो । नयाँ वर्षको उमङ्गले जुमेराह बीचलाई रंगीन बनाएको थियो । स्वर्णिम बालुवामा फैलिएको मानव समुद्र, हजारौँ पर्यटकहरूको हातमा चम्केका प्यालाहरू, आकाशतर्फ उड्ने आतसबाजीको प्रतीक्षामा उभिएका मुस्कानहरू । म, विक्रम र चिरञ्जीवी बीचको एउटा होटलको साइड बेञ्चमा बसेका थियौँ । ठ्याक्कै घडी त हेरिएन, तर रातको साढे एघार बजेको हुनुपर्छ […]

कवि मेनकाको `मनको अदालत´ सार्वजनिक

गैंडाकोट, २ कात्तिक । कवि मेनका चापागाईं काप्रीको कवितासङ्ग्रह `मनको अदालत´ लोकार्पण गरिएको छ । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा आइतबार गैंडाकोटमा आयोजित ११७ औँ लक्ष्मी जयन्ती विषेश कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, नगर प्रमुख मदनभक्त अधिकारी र कवि चापागाईंका मातापिताले कृति लोकार्पण गर्नुभएको हो । कृतिमाथि प्राध्यापक […]

कविडाँडा आख्यान पुरस्कार `हिउँको गीत´लाई, प्रतिभा पुरस्कार घोषणा

भरतपुर, २ कात्तिक । चितवनमा लामो समयदेखि साहित्यिक गतिविधि गर्दै आएको कविडाँडा साहित्य समाजले नेपाली साहित्यको प्रवर्द्धन र प्रोत्साहनका लागि आगामी वर्षदेखि “कविडाँडा प्रतिभा पुरस्कार” घोषणा गरेको छ । शनिबार ग्यालेक्सी गार्डेन रिसोर्टमा सम्पन्न कविडाँडा आख्यान पुरस्कार अर्पण समारोहमा समाजका अध्यक्ष एलबी क्षेत्रीले आगामी वर्षदेखि कविडाँडा प्रतिभा पुरस्कार वितरण गरिने घोषणा गरेका हुन् । अध्यक्ष […]

`पढ्ने बानीले सपना देख्न सिकाउँछ र लक्ष्यमा पुर्‍याउँछ´

गैंडाकोट, २५ असोज । पठन संस्कृति अभियानको १७ औँ शृङ्खलाको प्रमुख अतिथिका रूपमा विश्लेषक नारायण गाउँले सहभागी भएका छन् । कार्यक्रममा सहभागी गाउँलेले कुनै पनि लक्ष्यमा पुग्न मानिसले सपना देख्नुपर्ने बताए । `सपनाले मानिसलाई लक्ष्यमा पुर्‍याउँछ । अगाडि बढ्न प्रेरित गर्छ ।´ गाउँलेले भने – `संघर्षभित्र जीवनको रस हुन्छ । संघर्ष पनि एउटा सपना हो […]

बखान : नेपाली युवाको आकांक्षा र विद्रोहको प्रतीक

गोरखापत्र दैनिकका संवाददाताको पहिचान बनाएका वसन्त पराजुली पछिल्लो समय लेखकको रुपमा पहिचान बनाउन कसरत गरिरहेका छन् । उनै वसन्त पराजुलीको पछिल्लो उपन्यास `बखान´ पढेपछि केहि पाठकीय प्रतिक्रिया लेख्न मन लाग्यो । पराजुलीको उपन्यास बखानमा सहकारीका संस्थापक भनेर चिनिएका ‘बखानसिंह गुरुङ’लाई मुख्य पात्रको रुपमा उभ्याइएको छ । जसको मनोवैज्ञानिक चित्रण अत्यन्त गहिरो र संवेदनशील छ । […]