`निर्बन्ध´ आख्यानको पाण्डुलिपिमाथि विमर्श

स्याङ्जा, १५ पुस । निबन्धकार वसन्त खनालको `निर्बन्ध´ आख्यान कृतिको पाण्डुलिपिमाथि विमर्श सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको ७औँ वर्षको अविस्मरणीय जीवन्त अर्थपूर्ण ऐतिहासिक अवसरमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३९औँ पाइलाको रूपमा स्याङ्जाली साहित्यको इतिहासमै यसरी पहिलोपटक आयोजना गरिएको निर्बन्ध आख्यान कृतिको पाण्डुलिपिमाथि विमर्श कार्यक्रम मङ्गलवार वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू […]

देवघाटधाममा लेखनाथ जयन्ती समारोह

देवघाटधाम, १५ पुस । १४२औँ लेखनाथ जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ । समारोह देवघाटस्थित कविशिरोमणि लेखनाथ प्रतिमास्थल र सभागृहमा आयोजना गरिएको थियो । कार्यक्रम छन्द–काव्य प्रतिष्ठान नेपाल, पौडेल वंश महासंघ र आत्रेयगोत्र पौडेलवंश अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा भएको हो । समारोहमा सन्तकवि तथा गैंडाकोट प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी प्रमुख अतिथि रहनुभयो । […]

दीपेन्द्र चोकमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भरतपुर, १५ पुस । भरतपुर महानगरपालिका–१०, दीपेन्द्र चोकमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । ना २ ह ३१७७ नम्बरको अटो र ना ६२ प ९७६३ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा अटो चालक कालिका–७ बस्ने ३६ वर्षीय धनबहादुर गुरूङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको […]

चिसापमा कवि रिमाल र पौडेल सम्मानित

भरतपुर, १५ पुस । चितवन साहित्य परिषद् (चिसाप)ले १४२ औँ कविशिरोमणि लेखनाथ जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा कवि एकदेव रिमाल र विष्णुहरि पौडेल सम्मानित हुनुभएको छ । कवि रिमाल `चिसो बाकस´ कवितासङ्ग्रहका लागि कृष्ण – कृष्णा साहित्य पुरस्कार – २०८१ र कवि पौडेल `अनुसूया´ महाकाव्यका लागि कृष्ण – कुमारी गुरुङ साहित्य पुरस्कार – २०८१ बाट […]

रास्वपा : समानुपातिक उम्मेदवारमा चितवनबाट २१ जना सिफारिस

भरतपुर, १५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारमा चितवनबाट २१ जना सिफारिस भएका छन् । समानुपातिकको बन्दसूचीमा चितवनबाट आदिवासी जनजाति तर्फ पाँच जना, खस आर्य तर्फ १५ र एक जना मुस्लिम समुदाय तर्फबाट बन्द सूचीमा परेका छन् । आदिवासी जनताति तर्फ डा. मनोहर प्रधान, धर्मलाल तामाङ, विश्व राई, टासी लक्पा […]

चिसो बाकसभित्रको तातो बहस

साक्ष्य : एक रङका पर्वतहरूमा सृजन निदाएको छ युग निद्रासँगको कानेखुसीमा छ ऊ छ चरम निद्र्रामा यही स्वप्निल दुनियाँमा मेलापात गर्न गएको प्रिय आत्मजको छ तीव्र प्रतीक्षामा । ( चिसो बाकस , पृ.६८ ) एकदेव रिमाल पचासको दशकदेखि नेपाली कविताका क्षेत्रमा क्रियाशील स्रष्टा हुन् । उनको पहिलो प्रकाशित कवितासङ्ग्रह चिसो बाकस २०८१ सालमा प्रकाशित काव्य […]