रास्वपा : समानुपातिक उम्मेदवारमा चितवनबाट २१ जना सिफारिस

भरतपुर, १५ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारमा चितवनबाट २१ जना सिफारिस भएका छन् ।

समानुपातिकको बन्दसूचीमा चितवनबाट आदिवासी जनजाति तर्फ पाँच जना, खस आर्य तर्फ १५ र एक जना मुस्लिम समुदाय तर्फबाट बन्द सूचीमा परेका छन् ।

आदिवासी जनताति तर्फ डा. मनोहर प्रधान, धर्मलाल तामाङ, विश्व राई, टासी लक्पा शेर्पा र सुरेश गुरुङ त्यस्तै, खस आर्य तर्फबाट प्रभा ढकाल, सचिन ढकाल, सुदिप ढकाल, अनुप कुमार उपाध्याय, गोविन्द नारायण, दुर्गा बहादुर घिमिरे, सिर्जना वली, जनक न्यौपाने, पवन शाही, टीकाराम दाहाल, विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भूषाल, रचना खतिवडा क्षेत्री, सीता देवी पाण्डे र सरला लामिछाने रहेका छन् ।

उनीहरु समानुपातिक उम्मेदवारमा सिफारिस भएका हुन् ।

सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर ११० जनाको नामावली पेस गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library