भरतपुर, १५ पुस ।
भरतपुर महानगरपालिका–१०, दीपेन्द्र चोकमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
ना २ ह ३१७७ नम्बरको अटो र ना ६२ प ९७६३ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा अटो चालक कालिका–७ बस्ने ३६ वर्षीय धनबहादुर गुरूङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक माडी–८ बस्ने १८ वर्षीय आयुष प्रजा, मोटरसाइकलपछाडि सवार भरतपुर–७ बस्ने १८ वर्षीय विजय तामाङ र मोटरसाइकलपछाडि सवार भरतपुर–१३ बस्ने १८ वर्षीया मीना गुरूङ घाइते भएका हुन् ।
घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र दुवै सवारीसाधन नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।





