`निर्बन्ध´ आख्यानको पाण्डुलिपिमाथि विमर्श

स्याङ्जा, १५ पुस ।
निबन्धकार वसन्त खनालको `निर्बन्ध´ आख्यान कृतिको पाण्डुलिपिमाथि विमर्श सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको ७औँ वर्षको अविस्मरणीय जीवन्त अर्थपूर्ण ऐतिहासिक अवसरमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३९औँ पाइलाको रूपमा स्याङ्जाली साहित्यको इतिहासमै यसरी पहिलोपटक आयोजना गरिएको निर्बन्ध आख्यान कृतिको पाण्डुलिपिमाथि विमर्श कार्यक्रम मङ्गलवार वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्टको पुस्तकालय कक्षमा सम्पन्न गरियो ।

निबन्धकार वसन्त खनालको नवीनतम निर्बन्ध- आख्यान कृतिको पाण्डुलिपिमाथि केन्द्रित रहेर अनौपचारिक रूपमा आयोजना गरिएको विमर्श कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरद्वारा सहजीकरण गरिएको थियोे ।

कार्यक्रममा प्रस्तुत निर्बन्ध- आख्यान कृतिका स्रष्टा निबन्धकार वसन्त खनाल, कृतिका सम्पादक मिलन समीर, वक्ताद्वय अभियानका संस्थापक अभियन्ता शम्भु अर्याल र अभियन्ता पारिश्वर न्यौपानेद्वारा प्रस्तुत कृतिमाथि केन्द्रित रहेर गहन पाठकीय समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियोे ।
कार्यक्रममा अग्रज कवि व्यक्तित्व ध्रुवप्रसाद शर्मा पङ्गेनी र साहित्यप्रेमी व्यक्तित्व चक्र डुम्रेद्वारा नवीनतम निर्बन्ध- आख्यान कृति प्रकाशनारम्भ भएकोमा खुशी प्रकट गर्दै शुभकामना व्यक्त गरिएको थियोे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library