देवघाटधाम, १५ पुस ।
१४२औँ लेखनाथ जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ । समारोह देवघाटस्थित कविशिरोमणि लेखनाथ प्रतिमास्थल र सभागृहमा आयोजना गरिएको थियो ।
कार्यक्रम छन्द–काव्य प्रतिष्ठान नेपाल, पौडेल वंश महासंघ र आत्रेयगोत्र पौडेलवंश अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा भएको हो । समारोहमा सन्तकवि तथा गैंडाकोट प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी प्रमुख अतिथि रहनुभयो ।
कार्यक्रमको अध्यक्षता छन्द–काव्य प्रतिष्ठानका अध्यक्ष लकाश पौडेलले गर्नुभयो । पौडेल वंश महासंघ चितवनका अध्यक्ष भुवानी पौडेलले स्वागत मन्तव्य दिनुभयो ।
आत्रेयगोत्र पौडेलवंश अनुसन्धान प्रतिष्ठान देवघाटका अध्यक्ष राजेन्द्र पौडेलले धन्यवाद ज्ञापन गर्नुभयो । प्राज्ञ केदारनाथ खनालले लेखनाथको व्यक्तिवृत्त प्रस्तुत गर्नुभयो ।
कार्यक्रमको सञ्चालन सहसचिव विष्णु तिवारी उषाले गर्नुभयो । कवितात्मक स्वागत विदुर अधिकारीले प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा ५० भन्दा बढी कवि–लेखकहरूको उपस्थिति थियो ।
२४ जना कविहरूले आफ्ना रचना वाचन गरे ।
अन्त्यमा पौडेल वंश अनुसन्धान प्रतिष्ठानको तर्फबाट खाना तथा प्रसादीको व्यवस्था गरिएको थियो ।





