कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं, १९ साउन । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३८.८३ प्रतिशत ननग्रेडेड भएका छन् । बोर्डको वेबसाइट result.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । यो वर्ष १२ को परीक्षामा […]

हायु परिवारलाई बसको व्यवस्था गरी पोखराका मेयर आचार्यले गरे बिदाई

पोखरा, १९ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाका हायु परिवार आफ्नै थातथलो फर्किएका छन् । केही समयअघि एक्कासि पोखरा आइपुगेको उक्त परिवार पोखराको गगनगौंडामा सोमनाथ र चन्द्रको घरमा आश्रय लिएर बसेको थियो । उक्त परिवारलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बसको व्यवस्था गरी इच्छाअनुसार बिदाइ गरेका हुन् । गगनगौंडामा आश्रय लिएका हायु परिवारका सदस्यहरूका लागि […]

कविडाँडा आख्यान पुरस्कारको उत्कृष्ट ५ किताबको सूची सार्वजनिक

भरतपुर, १९ साउन । कविडाँडा साहित्य समाज चितवनले कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८१ का लागि उत्कृष्ट ५ किताबको सूची सार्वजनिक गरेको छ । समाजका अध्यक्ष एलबी क्षेत्रीले सोमबार बिहान सामाजिक सञ्जालमार्फत उत्कृष्ट ५ आख्यान कृतिको सूची सार्वजनिक गरेका हुन् ।   यसअघि साउन ६ गते उत्कृष्ट १० कृतिको सूची सार्वजनिक भएको थियो । सोमबार सार्वजनिक उत्कृष्ट […]

चितवनका युवा अभियन्ता लम्साल र दवाडीलाई अन्तर्राष्ट्रिय सम्मान

भुटान, १९ साउन । छिमेकी देश भुटानको राजधानी थिम्पुस्थित नामसेलिङ बुटिक होटेलमा सम्पन्न 2nd International Achievers Award 2025 Bhutan अन्तर्गत नेपालका दुईजना युवा अभियन्ता रामचन्द्र लम्साल र अञ्जन दवाडीले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । Best Contribution in Social Activities श्रेणीमा अन्जन दवाडी सम्मानित भए भने Best Contribution in Youth Empowerment विधामा रामचन्द्र लम्साल सम्मानित […]

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध भएको बताएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि प्रचण्डले पार्टीलाई एकतावद्ध गर्ने चूनौति जिम्मेवारीपूर्वक पुरा गरेको बताएका हुन् । उहाले  सुदृढ एकताका साथ सबै खाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्पको सामूहिक प्रतिबद्धता गरिएको जिकिर गरे । मुलुकमा […]

बागमतीको मुख्यमन्त्रीमा बानियाँको दाबी

मकवानपुर, १९ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा संसदीय दलको समर्थनसहित उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख […]

मुख्यमन्त्री लामाले बुझाए राजीनामा पत्र

मकवानपुर, १९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र पेस गरेका छन् । सोमबार मुख्यमन्त्रीकाे तर्फबाट स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत राजीनामा पत्र पेस गरेका हुन् । लामाले पत्रकार सम्मेलन मार्फत आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । लामाले नेपालको संविधानको धारा […]

प्रतिनिधिसभाको बैठक आज बस्ने

काठमाडौं, १९ साउन । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय संसद्का महासचिव  ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो  संशोधन ) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ । त्यसैगरी लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ […]

राष्ट्रिय युवा संघ कप : रत्ननगरलाई हराउँदै राप्ती सेमिफाइनलमा प्रवेश

भरतपुर, १९ साउन । राष्ट्रिय युवा संघ राप्ती नगर कमिटी भरतपुरमा जारी राष्ट्रिय युवा सङ्घ नेपाल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा रत्ननगर नगर कमिटीलाई हराउँदै राप्तीले सेमिफाइनलमा स्थान बनाएको हो । कृष्णपुरको मैदानमा भएको खेलमा राप्ती २-१ ले विजयी भयो । राप्तीको जितमा सागर तामाङ र आशिष तामाङले गोल गरे […]