कविडाँडा आख्यान पुरस्कारको उत्कृष्ट ५ किताबको सूची सार्वजनिक

भरतपुर, १९ साउन ।
कविडाँडा साहित्य समाज चितवनले कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८१ का लागि उत्कृष्ट ५ किताबको सूची सार्वजनिक गरेको छ । समाजका अध्यक्ष एलबी क्षेत्रीले सोमबार बिहान सामाजिक सञ्जालमार्फत उत्कृष्ट ५ आख्यान कृतिको सूची सार्वजनिक गरेका हुन् ।

 

यसअघि साउन ६ गते उत्कृष्ट १० कृतिको सूची सार्वजनिक भएको थियो । सोमबार सार्वजनिक उत्कृष्ट ५ कृतिमा छुदेन काविमोको उपन्यास `उरमाल´, पंचम अधिकारीको कथासङ्ग्रह `प्रवासीको देश हुन्न´, श्रीधर खनालको उपन्यास `सावर्णि´, सरस्वती प्रतीक्षाको उपन्यास `स्व´ र तीर्थ गुरुङको उपन्यास `हिउँको गीत´ रहेका छन् । यसअघि सार्वजनिक भएको सूचीमा यी ५ सङ्ग्रहसहित शैलेन्द्र अधिकारीको उपन्यास `अर्हत्´, रमेश क्षितिजको कथासङ्ग्रह `एउटा मायी नगरमा´, जयराम तिमिल्सिनाको उपन्यास `धीमहि´, टंक चौलागाईँको उपन्यास `रुदाने´ र वसन्त बस्नेतको उपन्यास `सिमसारा´ रहेका थिए ।

अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कार छनोट समितिले अब तेस्रो चरणमा उत्कृष्ट पाँचवटाबाट एक उत्कृष्ट कृतिको चयन गरी पुरस्कृत गर्नेछ । पुरस्कारको राशि एक लाख पच्चीस हजार रुपैयाँ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट