हायु परिवारलाई बसको व्यवस्था गरी पोखराका मेयर आचार्यले गरे बिदाई

पोखरा, १९ साउन ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाका हायु परिवार आफ्नै थातथलो फर्किएका छन् । केही समयअघि एक्कासि पोखरा आइपुगेको उक्त परिवार पोखराको गगनगौंडामा सोमनाथ र चन्द्रको घरमा आश्रय लिएर बसेको थियो ।

उक्त परिवारलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बसको व्यवस्था गरी इच्छाअनुसार बिदाइ गरेका हुन् ।

गगनगौंडामा आश्रय लिएका हायु परिवारका सदस्यहरूका लागि सिन्धुलीमा थप व्यवस्था गरिने वडा नम्बर ६ का अध्यक्ष रविन कुमार श्रेष्ठले जानकारी दिएका छन् । मेयर आचार्यले आवश्यक परे थप सहयोग गर्न पोखरा महानगरपालिका तयार रहेको बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट