राष्ट्रिय युवा संघ कप : रत्ननगरलाई हराउँदै राप्ती सेमिफाइनलमा प्रवेश

भरतपुर, १९ साउन ।
राष्ट्रिय युवा संघ राप्ती नगर कमिटी भरतपुरमा जारी राष्ट्रिय युवा सङ्घ नेपाल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा रत्ननगर नगर कमिटीलाई हराउँदै राप्तीले सेमिफाइनलमा स्थान बनाएको हो ।

कृष्णपुरको मैदानमा भएको खेलमा राप्ती २-१ ले विजयी भयो । राप्तीको जितमा सागर तामाङ र आशिष तामाङले गोल गरे । रत्ननगरका लागि अभिषेक चौधरीले एक गोल फर्काए ।

दोस्रो हाफको दोस्रो मिनेटमा सागरको गोलमा राप्तीले अग्रता लियो । २७ औं मिनेटमा आशिषले राप्तीको अग्रता दोब्बर बनाए । अतिरिक्त समयको दोस्रो मिनेटमा रत्ननगरका अभिषेकले गोल फर्काए पनि हार टार्न सकेनन् । राप्तीका सुलभ थापा प्लेयर अफ दि म्याच भए ।

प्रतियोगितामा सोमबार राष्ट्रिय युवा संघ माडी नगर कमिटी र खैरहनी नगर कमिटी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । राष्ट्रिय युवा युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा जारी प्रतियोगिता २३ गतेसम्म चल्नेछ ।

८ टोली सहभागी प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोम्जनले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट