बागमतीको मुख्यमन्त्रीमा बानियाँको दाबी

मकवानपुर, १९ साउन ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा संसदीय दलको समर्थनसहित उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मङ्गलवार दिउँसो २ बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

सोसँगै नेता बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई मुख्यमन्त्रीमा दाबी गर्दै पत्र बुझाएका हुन् । मुख्यमन्त्री बहादुर सिं लामाले आइतबार पदबाट दिएकाे राजिनामा सोमबार प्रदेश प्रमुख समक्ष पेश भएसँगै प्रदेशमा नयाँ मुख्यमन्त्री चयनकाे प्रक्रिया सुरु भएकाे थियाे । सोमबार प्रदेश प्रमुखबाट नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अर्को मुख्यमन्त्रीको लागि दावी पेश गर्न आव्हान गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट