चितवनका युवा अभियन्ता लम्साल र दवाडीलाई अन्तर्राष्ट्रिय सम्मान

भुटान, १९ साउन ।
छिमेकी देश भुटानको राजधानी थिम्पुस्थित नामसेलिङ बुटिक होटेलमा सम्पन्न 2nd International Achievers Award 2025 Bhutan अन्तर्गत नेपालका दुईजना युवा अभियन्ता रामचन्द्र लम्साल र अञ्जन दवाडीले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् ।

Best Contribution in Social Activities श्रेणीमा अन्जन दवाडी सम्मानित भए भने Best Contribution in Youth Empowerment विधामा रामचन्द्र लम्साल सम्मानित भएका हुन् ।

दवाडी लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् । हाल उनी भरतपुर महानगर युवा सञ्जालका अध्यक्ष तथा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय महासचिवका रूपमा कार्यरत छन् । सामाजिक परिवर्तन, मानवीय सेवा र युवालाई सामाजिक उत्तरदायित्वप्रति सक्रिय बनाउने काममा उनले महत्वपूर्ण योगदान दिएका छन् ।

त्यस्तै, रामचन्द्र लम्सालले युवाको नेतृत्व विकास, सिपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्‍याएका छन् । आफैं सफल उद्यमी रहेका लम्साल हजारौं युवालाई आत्मनिर्भर र उद्यमशील बन्न प्रेरित गर्दै आएका छन् ।

कार्यक्रम ABM द्वारा आयोजना गरिएको थियो भने भारतमा दर्ता कम्पनी JDN, Global Village Connections Bhutan, IEHRSE को सहकार्य र She-Cycle Solutions Bhutan को सह–आयोजनामा २०२५ अगस्ट ३ तारिख साँझ ६ बजे भव्य रूपमा सम्पन्न भएको हो ।

यो सम्मानले चितवनका यी दुई युवाको अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढाउनुका साथै सामाजिक परिवर्तन र युवा सशक्तिकरणमा थप प्रेरणा र जिम्मेवारी प्रदान गरेको आयोजकहरूले बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट