मुख्यमन्त्री लामाले बुझाए राजीनामा पत्र

मकवानपुर, १९ साउन ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र पेस गरेका छन् । सोमबार मुख्यमन्त्रीकाे तर्फबाट स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत राजीनामा पत्र पेस गरेका हुन् ।

लामाले पत्रकार सम्मेलन मार्फत आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । लामाले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

लामाले राजीनामा पत्र बुझाएसँगै बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु हुनेछ । काँग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेता इन्द्र बहादुर बाँनियाले प्रदेशकाे सातौं मुख्यमन्त्रीकाे लागि दावी पेश गर्ने बताइएकाे छ । उनले नेकपा एमालेकाे समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नेछन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट