भण्डारामा वृहत् स्वास्थ्य शिविर, ५९ जनाले लिए सेवा

चितवन, १४ वैशाख । राप्ती नगरपालिका – ५ भण्डारामा वृहत् महिला स्वास्थ्य शिविर एवम जनचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वास्त्यंगी, फिन्लिट फाउनडेशन अन्तर्गतको स्वाधीन समूह र भरतपुर अस्पताल अन्तर्गतको लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । भण्डारास्थित स्वाधीन समूहमा आवद्ध महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा […]

मातृत्व (कविता)

छन्द : मन्दाक्रान्ता हुर्के तिम्रै स्तनरस पिई ईश, अल्लाह सारा संसारैको अनुपम कला मातृवात्सल्य धारा खोपे होलान् मधुर सृजना कन्दरामा पुगेर आमाभन्दा अमर कविता लेख्न कल्ले सके र ? आगो हैनन् तर पनि बलिन् वेदनाका चुलामा बाँड्छिन् सेतो किरण हिउँको जाकिँदै जो धुलामा कौशल्याको श्रम यदि भुले राम नै राम हुन्न आमाभन्दा परतिर कुनै तीर्थ […]

स्मृतिमा गुरुवर विष्णुप्रसाद भूषण (कविता)

सुनेँ पीडादायी खबर दिल मर्माहत  भयो निभ्यो रे प्रज्ञाको अति चहकिलो दीपक अहो ! सबैका श्रद्धाका शिखर मतिमान् भूषण गुरु गए छाडी सांसारिक विषयको कायिक तरु थिए ज्ञानी ध्यानी विविध गुणखानी गुरुवर थिए जो शिक्षाका द्युति अमित, अध्यात्मलहर थिए शास्त्रज्ञाता प्रखर प्रतिभा बौद्धिक-विभा थिए आफै विद्याजलधि, गुरुका गौरव सदा बसेको जिह्वामा विषय रसिलो संस्कृत थियो […]

मेरी आमा र डाडु (कविता)

किन​ किन​ आज​कल​ म​लाई मेरी आमा र डाडु उस्तै उस्तै लाग्छ​ जीव​न​भ​री मिष्ठान्न​ भोज​न​ प​काएर​ अरुलाई बाँड्ने त्य​स​को स्वाद​ आफूभित्र​ प​स्न​ न​दिने त्य​स्तै लाग्छ​ म​लाई अचेल​ मेरी आमा । दुई रुपैयाँको ढ्याक भ​ए नी स​धैँ मेरै लागि साँच्ने स​धैँ स​धैँ मेरै लागि बाँच्ने । तिमीले कहिल्यै संसार​लाई बार्द​लीबाट​ ताकेको मैले देखिनँ कहिल्यै आँखीझ्याल​बाट​ जिन्द​गीको उज्यालो […]

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप

काठमाडौं, १४ वैशाख । काठमाडौँको बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको छ । शिक्षकहरूले आइतबार बानेश्वरमा प्रहरीको घेरा तोडेर अगाडि बढ्ने प्रयास गरेपछि झडप भएको काडमाडौँ जिल्ला परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । शिक्षकहरू आक्रामक बनेपछि बल प्रयोग गरेको प्रहरीको दाबी छ । प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेको छ । त्यसबाट ७ […]

स्प्रिंग कन्सर्टमा झुमे दर्शक

काठमाडौँ, १४ वैशाख । स्टेजमा वाद्यवादकको एउटा समूहले भायोलिन, चेलो, पियानो, तबला, बाँसुरी लगायत वाद्यवादन बजाइरहेका छन् । बाजाबाट निस्किएको पर्वतीय ध्वनिले दर्शकदीर्घामा रहेका सबैको मन खिचेको आभाष हुन्छ । त्यत्तिकैमा हलको पछिल्तिर एउटा आकृति देखा पर्छ । याकको मस्कट पहिरिएका दुई कलाकार पर्वतीय ध्वनिको तालसँग ताल मिलाउँदै स्टेजतर्फ लम्कन्छन् । दर्शकहरू एक पटक फेरि […]