भण्डारामा वृहत् स्वास्थ्य शिविर, ५९ जनाले लिए सेवा

चितवन, १४ वैशाख ।
राप्ती नगरपालिका – ५ भण्डारामा वृहत् महिला स्वास्थ्य शिविर एवम जनचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वास्त्यंगी, फिन्लिट फाउनडेशन अन्तर्गतको स्वाधीन समूह र भरतपुर अस्पताल अन्तर्गतको लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

भण्डारास्थित स्वाधीन समूहमा आवद्ध महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा कुल ५९ जनाको उत्साहपूर्ण उपस्थिति रहेको थियो । कार्यक्रममा स्वाधीन समूहकी नेशनल निर्देशक पूजा रिजाल, हब संयोजक टेकनाथ प्रसाई, स्वास्त्यंगीका संस्थापक एवम् निर्देशक आस्ना अवस्थी र दीपा मेहता साथै लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको तर्फबाट डा. कशयव श्रेष्ठको उपस्थिति थियो । मुख्य रुपमा कार्यक्रम ३ फरक भागमा सम्पन्न भएको थियो ।

पहिलो चरणमा स्वास्त्यंगीको टिमले नसर्ने रोग सम्बन्धी अभिमुखिकरणको कार्यक्रम सम्पन्न गरेको थियो । जस अन्तर्गत नसर्ने रोगका कारणहरु, यसबाट बच्ने तरिका बारे जानकरी दिँदै उपस्थित सम्पूर्णको उच्च रक्तचाप र मधुमेहको जाँच गरिएको थियो ।

दोस्रो चरणमा स्वास्त्यंगीको तर्फबाट महिनावारी सुक्दाका लक्षण र त्यसका समस्याहरुलाई दर्शाउँदै नाटक प्रस्तुति गरिएको थियो । यसका साथै पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरका कारक तत्वहरु र यसका लागि नियमित गर्नुपर्ने जाँचहरु, महिनावारीको समयमा प्रयोग गर्नुपर्ने स्यानिटरी नयाप्किन, मेनसुरल कप र महिनावारीको समयमा आइपर्ने समस्याहरु साथै त्यसका समाधानका उपायहरु बारे जानकारी दिइएको थियो ।

तेस्रो चरणमा भरतपुर अस्पताल अन्तर्गतको लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र बारे जानकारी दिँदै डा. कश्यप श्रेष्ठ एवम् उहाँको टिमले विभिन्न प्रकारका हिंसा, त्यसका विरुद्धमा बनेका देशका कानुनहरु, समस्याहरुबारे गुनासो सुन्ने सरकारी निकाएहरु बारे जानकारी दिनु भयो । भरतपुर अस्पतालले लैंगिक हिंसाका समस्याहरुलाई सम्बोधन गर्न छुट्टै एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सेवा दिँदै आएको र भोलिका दिनहरुमा यस किसिमका समस्या परेमा यस केन्द्रबाट निःशुल्क सेवा लिन सक्ने बताउनु भयो ।

स्वास्त्यंगी, पुरानो मेडिकल कलेजमा एमबिबिएस आध्यनरत विद्यार्थीहरुले स्थापना गरेको एक सामाजिक संस्था हो । विशेषत: महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने यस संस्थाले विगतका दिनहरुदेखि भरतपुरका विभिन्न विद्यालयमा आध्यनरत छात्राहरुलाई महिनावारीको सुरुवात, महिनावारीको समयमा प्रयोग गर्नुपर्ने स्यानिटरी नयाप्किन, मेनसुरल कप, टेमपुन र यसका साथै महिनावारीको बेलाका समस्या र यसका समाधानबारे आभिमुखिकरणको कार्यक्रम गर्दैआइरहको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट