बालविवाह विरुद्ध सचेतनामुलक कार्यक्रम

कावासोती, ४ पुस । बालविवाह न्यूनीकरणका लागि कावासोतीमा सचेतनामुलक कार्यक्रम गरिएको छ । बालविवाह न्यूनीकरणका लागि क्यानलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नम्बर-४, सामुदायिक सेवा केन्द्र नवलपुर र नवलपुर किशोरी संजालको सहकार्यमा सरस्वती नमूना माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको हो । बालविवाहका कारण हुने शारीरिक, सामाजिक, मानसिक, आर्थिक, शैक्षिक लगायतका […]
बिग बजारमा नेपाली जुत्ताघर

भरतपुर, ४ पुस । नेपाली जुत्ता उद्योगी समूहको पहलमा नारायणगढस्थित चमेली बिग बजारभित्र बुधबारदेखि नेपाली जुत्ताघर संचालनमा आएको छ । औपचारिक कार्यक्रमको आयोजना गरी जुत्ताघरको सेवा प्रारम्भ गरिएको हो । बिग बजारभित्रका २१ वटा सटरमा फैलिएको जुत्ताघर नेपाली जुत्ता उत्पादक सात वटा कम्पनी मिलेर संचालनमा ल्याएका हुन् । देशका अन्य भागमा पनि नेपाली जुत्ताघर संचालनमा […]
खैरहनी नगरपालिकामा क्युआरबाट कर तिर्न पाइने

खैरहनी, ४ पुस । खैरहनी नगरपालिकाले ‘क्यूआर कोड (स्क्यान) गरी नगरपालिकामा तिर्नुपर्ने कर तिर्न सकिने व्यवस्था बुधबारदेखि लागू गरेको छ । अब खैरहनी नगरबासीले नगरपालिकालाई बुझाउनु पर्ने कुनै पनि प्रकारको कर, दस्तुर वा जरिवाना तत्काल क्युआर कोडमार्फत तिर्न सक्नेछन् । डाईनामिक क्यूआर कोडको व्यवस्था लागू भएसँगै नगरपालिकामा राजस्व तिर्ने सेवाग्राहीले डिजिटल वालेट वा मोबाइल बैंकिङ […]
बालविवाह गराएको आरोपमा पाँचजना पक्राउ
कावासोती, ४ पुस । कावासोती नगरपालिका-१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराएको आरोपमा पाँच जनालाई मङ्गलबार राति पक्राउ गरिएको हो । ‘बालविवाह गराएको सूचनाका आधारमा […]
बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु २५ जना घाइते

बारा, ४ पुस ४ । बुधवार बिहान २ बजे बारामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । जीतपुर सिमरा २२ मा रहेको ३ नम्बर पुलमा काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३.००१ख २५८७ न.को बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० न.को ट्रक एक आपसमा ठोक्कीएको थियो […]
रेशम विरहीको ‘प्रतिरोधको लय’को छोटो अनुशीलन

रमेश प्रभात उपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर । कवि रेशम विरहीको काव्ययात्रा वि.सं. २००९ साल मङ्सिर १ गते गोरखाको हर्मीमा पर्ने डाँडागोब्रे गाउँमा जन्मिएका रेशमराज घिमिरे नेपाली साहित्यका क्षेत्रमा रेशम विरहीका नामले सुपरिचित छन् । उनी हाल भरतपुर महानगरपालिका वडा नम्बर १६ पश्चिम रामपुरमा घर स्थायी रुपमा बसोबास गर्छन् भने अस्थायी रुपमा स्वयम्भु काठमाडौँमा पनि […]
बागमती प्रदेशका दुई मन्त्रालयको संगठन संरचना र व्यवस्थापन सर्वेक्षण स्वीकृत

मकवानपुर, ४ पुस । बागमती प्रदेश मन्त्रिपरिषद् मंगलबारकाे बैठकले दुई मन्त्रालयको संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको प्राविधिक तथा प्रशासनिक गरी १ हजार ६ सय ६९ जना कर्मचारीको संगठन संरचना स्विकृत गरेकाे छ । स्वास्थ्य मन्त्रालयकाे संगठन संरचना स्वीकृत भएसँगै अहिले संचालनमा रहेका प्रदेश अस्पतालहरूको […]
`आजसम्मको मेरो पत्रकारिता साहित्यकेन्द्री छ´

(मोहन दुवाल, केन्द्रीय अध्यक्ष, साहित्यिक पत्रकार संघ ।) मोहन दुवाल नेपाली साहित्यिक पत्रकारितामा स्थापित नाम हो । यतिबेला ‘जनमत’ साहित्यिक पत्रिका र मोहन दुवाल पर्यायवाची नामजस्तै भएका छन् । हाल उनी हाल ‘नेपाल साहित्यिक पत्रकार संघ’को केन्द्रीय अध्यक्ष पनि हुन् । नेपालमा साहित्यिक पत्रकारिता के कसरी चलिरहेको छ ? भन्ने बारेमा जिज्ञासा लिएर रमेश प्रभात […]
नारायणगढका अमर घिमिरे सर्वाधिक मतसहित जेसीजको राष्ट्रिय उपाध्यक्ष

भरतपुर, ४ पुस । चितवनका प्रतिष्ठित युवा उद्यमी अमर घिमिरे युवाहरुको राष्ट्रिय संगठन नेपाल जेसीजको उपाध्यक्षमा निर्वाचित भएका छन् । नारायणगढ जेसीजका पूर्वअध्यक्षसमेत रहेका उनी नेपाल जेसीजको वर्ष २०२४ का लागि उपाध्यक्षमा निर्वाचित भएका हुन् । कुल १२ जना उपाध्यक्षमध्य घिमिरेले सर्वाधिक ९६१ मत प्राप्त गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर-२ नारायणगढ निवासी युवा […]