बिग बजारमा नेपाली जुत्ताघर

भरतपुर, ४ पुस ।
नेपाली जुत्ता उद्योगी समूहको पहलमा नारायणगढस्थित चमेली बिग बजारभित्र बुधबारदेखि नेपाली जुत्ताघर संचालनमा आएको छ । औपचारिक कार्यक्रमको आयोजना गरी जुत्ताघरको सेवा प्रारम्भ गरिएको हो ।

बिग बजारभित्रका २१ वटा सटरमा फैलिएको जुत्ताघर नेपाली जुत्ता उत्पादक सात वटा कम्पनी मिलेर संचालनमा ल्याएका हुन् । देशका अन्य भागमा पनि नेपाली जुत्ताघर संचालनमा आएका छन् ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बिग बजारस्थित शोरुमको उद्घाटन गरेका हुन् । अध्यक्ष श्रेष्ठले सरकारको नीतिका कारण उद्यमशील अर्थतन्त्र अहिले आएर डिप्रेसनको अर्थतन्त्र बन्न पुगेको बताए । ‘जुत्ताको एक महिनाको प्रदर्शन होइन, आउटलेट खोल्नुस् भनेर सुझाव दिएका थियौँ’ उनले भने, ‘आज जुत्ताघरको आउटलेट संचालनमा आएको छ, खुसी लागेको छ ।’

चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले नेपाली उत्पादनले बजार पायो भने मात्र नेपाली उद्योग टिक्न सक्ने भएकोले स्वदेशी सामान उपभोगका लागि उपभोक्तालाई आग्रह गरे । जुत्ताघर उद्घाटनका अवसरमा आयोजित समारोहमा चर्चित हास्य कलाकार मनोज गजुरेल, फुटवेयर मेनुफेक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरे, उपाध्यक्ष रुद्र ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली जुत्ता उद्योगी समूहले देशका प्रमुख शहरहरुमा एउटै छानामुनि धेरैभन्दा धेरै स्वदेशी कम्पनीका जुत्ताहरुको एउटै शोरुम बिस्तार गर्ने अभियान सुरु गरेको छ । यो अभियान अन्तर्गत पहिलो शोरुम बुटवलमा (वैशाख), दोस्रो शोरुम पोखरामा (साउन), तेस्रो शोरुम जनकपुरमा (भदौ), चौथो शोरुम काठमाडौँमा (कात्तिक) र पाँचौं शोरुम ललितपुरमा (मंसिर) संचालनमा आएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट