खैरहनी नगरपालिकामा क्युआरबाट कर तिर्न पाइने

खैरहनी, ४ पुस ।
खैरहनी नगरपालिकाले ‘क्यूआर कोड (स्क्यान) गरी नगरपालिकामा तिर्नुपर्ने कर तिर्न सकिने व्यवस्था बुधबारदेखि लागू गरेको छ । अब खैरहनी नगरबासीले नगरपालिकालाई बुझाउनु पर्ने कुनै पनि प्रकारको कर, दस्तुर वा जरिवाना तत्काल क्युआर कोडमार्फत तिर्न सक्नेछन् । डाईनामिक क्यूआर कोडको व्यवस्था लागू भएसँगै नगरपालिकामा राजस्व तिर्ने सेवाग्राहीले डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसनमार्फत मनिटरको स्क्रिनमा देखिएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेर तुरुन्तै कर तिरेको रसिद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाले बताए ।

सेवाग्राहीको सहजताको लागि कर तिर्न विद्युतीय भुक्तानी सेवाको विस्तार गर्ने चालु आर्थिक वर्षको नगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत सुरुमा इसेवाबाट सुरुवात गरिएको भुक्तानी प्रणालीलाई निरन्तर सुधार गरी हाल इसेवासँगै खल्ती, कनेक्ट आइपियस र डायनामिक क्युआर कोडमार्फत भुक्तानीको व्यवस्था गरिएको नगर प्रमुख खनियाले बताए ।

नगर उपप्रमुख कविता उप्रतीले नगरपालिकाको सेवालाई विद्युतीय शासन मैत्री बनाउँदै नागरिकहरुले नगरपालिकाको सेवा घरघरबाटै प्राप्त गर्न सक्ने गरी सूचना प्रविधिको उपयोगमा नगरपालिकाले कार्यसम्पादन गरिरहेको बाताएका छन् । नगरपालिकाले यस अघि नै राजस्व रकम अनलाइनमार्फत भुक्तानी गर्न सक्ने प्रणाली लागू गरेको थियो । सोही प्रणालीलाई थप समायानुकुल र प्रभावकारी बनाउन परिष्कृत गरी क्यूआर स्क्यान सुविधा ल्याइएको नगर प्रमुख खनियाले बताए ।

नगरपालिकाले प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता विकासका लागि तालिमको सञ्चालन गरेको छ भने स्थानीय कलेजहरुसँगको सहकार्यमा नगरबासीलाई विद्युतीय भुक्तानी प्रणालीको बारेमा अभ्यस्त गराउने कार्यक्रम रहेको नगरपालिकालले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट