बारा, ४ पुस ४ ।
बुधवार बिहान २ बजे बारामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । जीतपुर सिमरा २२ मा रहेको ३ नम्बर पुलमा काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३.००१ख २५८७ न.को बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० न.को ट्रक एक आपसमा ठोक्कीएको थियो ।
मृत्यु हुनेमा ट्रक चालक तनहुँ पीपलटार बस्ने २८ वर्षीय पूर्ण गुरूङ, बसचालक मकवानपुर, हेटौंडाका ४० वर्षीय हरि शम्सेर सुयाल थापा र ३० वर्षीय एक पुरुषको रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । घाइतेहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




