देवचुली-१० का निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान

देवचुली, १ असार । देवचुली नगरपालिका वडा नम्बर- १० का निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर- १० ले निवर्तमान वडा कार्यसमितिलाई सम्मानपत्र र मायाको चिनोले सम्मान गरेको हो । देवचुली नगरपालिका वडा नम्बर- १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरको अध्यक्षता भएको कार्यक्रममा देवचुली- १० का निवर्तमान अध्यक्ष केशर आले , पूर्व […]

वाग्मती प्रदेशको बजेट ७० अर्ब ९३ करोड

हेटौँडा, १ असार । वाग्मगी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले उक्त बजेट प्रस्तुत गरेका हुन् । चालू आर्थिक वर्षको तुलनामा २०७९/८० को बजेट करिब १३ अर्ब रुपैयाँले बढी हो । चालू आर्थिक […]

सरकारले विवाहको उमेर १८ वर्षमा घटाउँदै

काठमाडौँँ, १ असार । सरकारले विवाह गर्न २० वर्ष पुग्नुपर्ने उमेर हदलाई घटाउने भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको उमेर २० वर्षबाट घटाउनका लागि कानून संशोधन प्रक्रिया थालिएको बताएका हुन् । कानुन मन्त्रालयले विवाहको उमेर २० वर्ष राख्दा अपराध बढेको र बाल विवाहमा सजाय भइरहेको भन्दै कानून संशोधन कार्य […]

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना

भरतपुर, १ असार । एक महिला र नाबालिकालाई उनीहरूकै घरमा पसेर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि आलोचित बनेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी वली अस्पताल भर्ना भएकी छन्। मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका-५ आलुमण्डीस्थित स्थानीय मीना भण्डारी बस्नेतको घरमा पुगेकी वलीले मीना र उनकी नाबालक छोरीलाई कुटपिट गरेको भन्दै स्थानीयले प्रदर्शन गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा […]

घोप्टेभिरमा पहिरो खसेर अवरुद्ध भएको सडक खुल्यो

भरतपुर, १ असार । वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गमा पहिरो पन्छाएर यातायात सहज बनाइएको छ । इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । सडक विभागसँग समन्वय गरि पहिरो पन्छाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक […]

भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार छौ : रेनु दाहाल

भरतपुर, १ असार । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न भरतपुर महानगरपालिका तयार रहेको बताएकी छन् । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको उद्यमशील सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन् । मेयर दाहालले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास […]

‘मिस युनिभर्स नेपालको २०२२’को आवेदन जुन ३० सम्म

भरतपुर,१ असार । ‘ओरिफलेम मिस युनिभर्स नेपालको २०२२’  आवेदनको  समयाअवधि ५ मे देखि जुन ३० सम्म राखिएको छ । मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले प्रतियोगिताले समावेसीतालाई विशेष ध्यान दिएको बताइन् । १८ देखि २८ वर्षसम्मका अविवाहित महिलाहरु सहभागि हुन पाउने प्रतियोगितामा उचाइ र तौलको कुनै मापदण्ड नहुने श्रेष्ठको भनाइ थियो । लैंगिक अल्पसंख्यक […]

माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

बागलुङ, १ असार । माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको वडाध्यक्ष शेरचनले बताए। विद्युतीय […]

मेलम्ची बाढीको एक वर्ष: अझै सुरु भएन पुनःनिर्माणको काम

सिन्धुपाल्चोक, १ असार । मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन । गत […]

अरुण तेस्रो मजदुर मृत्यु प्रकरण: परिवारले शव बुझ्न मानेन

किमाथाङ्का, १ असार । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन । मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत फेला परेका थिए । उनको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले चार दिन बितिसक्दा पनि शव बुझ्न मानेका छैनन् […]

आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, १ असार । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, मधेस र बागमतीमा सामान्यदेखि पूर्ण बदली रही बाँकी […]

कतार विश्वकपमा भाग लिने ३२ देशको टुंगो लाग्यो

भरतपुर, १ असार । कतारमा यस वर्ष हुने फिफा विश्वकप फुटबलमा भाग लिने ३२ देशको टुंगो लागेको छ । आयोजक कतारसहित ३२ देशको टुंगो लागेको हो । विश्वकपमा छनौट भएका देश मध्ये जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, ईङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्ड, पोर्चुगल, पोल्याण्ड, वेल्स, घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, […]