भरतपुर,१ असार ।
‘ओरिफलेम मिस युनिभर्स नेपालको २०२२’ आवेदनको समयाअवधि ५ मे देखि जुन ३० सम्म राखिएको छ । मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले प्रतियोगिताले समावेसीतालाई विशेष ध्यान दिएको बताइन् ।
१८ देखि २८ वर्षसम्मका अविवाहित महिलाहरु सहभागि हुन पाउने प्रतियोगितामा उचाइ र तौलको कुनै मापदण्ड नहुने श्रेष्ठको भनाइ थियो ।
लैंगिक अल्पसंख्यक ट्रान्स महिलाहरूले समेत सहभागिता जनाउन पाउने तथा एनआरएन महिलाले सहभागि हुन पाउने उनले बताइन् । अघिल्लो वर्षकी मिस युनिभर्स नेपाल सुजिता बस्नेतले मिस युनिभर्स आफ्नो लागि विशेष रहेको बताइन् ।
अगष्ट १९ मा सुन्दरीहरूबीच अन्तिम प्रतिस्पर्धा हुनेछ । विजेताले मिस युनिभर्सको ७१औं संस्करणको मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । साथै १० लाख नगदसँगै अन्य उपहार पनि प्राप्त गर्नेछन् । प्रतियोगितामा ५ सयभन्दा बढिले आवेदन दिने अपेक्षा गरिएको छ । क्वालिफायरमा दुई सय, र क्वाटर फाइनलमा ५०, सेमिफाइनलमा २० जना छनोट गरिने छ । त्यसपछि भोटिङ सुरु हुने बताईएको छ ।





