देवचुली, १ असार ।
देवचुली नगरपालिका वडा नम्बर- १० का निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर- १० ले निवर्तमान वडा कार्यसमितिलाई सम्मानपत्र र मायाको चिनोले सम्मान गरेको हो ।
देवचुली नगरपालिका वडा नम्बर- १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरको अध्यक्षता भएको कार्यक्रममा देवचुली- १० का निवर्तमान अध्यक्ष केशर आले , पूर्व जिल्ला समन्वय समिति सदस्य खिमा सारु, निवर्तमान वडा सदस्य श्यामकृष्ण आचार्य, निवर्तमान वडा सदस्य डिल्लीराम तिवारी, राजनैतिक दलका प्रतिनिधिहरु, संघसंस्थाहरुका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
सम्मान कार्यक्रममा निवर्तमान वडा समितिका अध्यक्ष केशर आले, सदस्य खिमा सारु, सदस्य श्यामकृष्ण आचार्य र सदस्य डिल्लीराम तिवारीले आफ्नो कार्यकालमा भएका कामहरुको नयाँ कार्यसमितिलाई अनुभव बताएका थिए ।
कार्यक्रममा राजनैतिक दलको तर्फबाट दीपक भट्टराई (बन्दिपुरे), डिलाराम भुसाल, संघ संस्थाको तर्फबाट मोतीलाल अधिकारी र आमा समुहको तर्फबाट मिना सापकोटाले निवर्तमान जनप्रतिनिधिहरुले सफल कार्यक्रम सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्दै नयाँ जनप्रतिनिधिहरुलाई वडा विकासका लागि हातेमालो गर्न तयार रहेको बताए ।
देवचुली नगरपालिका वडा नम्बर- १० लाई सबैको सरसल्लाह अनुसार विकास निर्माण लगायतका वडा विकासका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्ने वडाध्यक्ष रेप्तीकुमार घर्ती मगरले बताए । निवर्तमान समितिले अघि सारेको योजनालाई निरन्तरता दिने घर्ती मगरले बताए ।
कार्यक्रम देवचुली वडा नम्बर – १० का वर्तमान तथा निवर्तमान जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु,आमा समूहका प्रतिनिधिहरुलगायत स्थानीयको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण वडासचिव चित्रबहादुर खत्रीले गरेका थिए ।





