लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना

भरतपुर, १ असार ।

एक महिला र नाबालिकालाई उनीहरूकै घरमा पसेर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि आलोचित बनेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी वली अस्पताल भर्ना भएकी छन्।

मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका-५ आलुमण्डीस्थित स्थानीय मीना भण्डारी बस्नेतको घरमा पुगेकी वलीले मीना र उनकी नाबालक छोरीलाई कुटपिट गरेको भन्दै स्थानीयले प्रदर्शन गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

मंगलबार दिनभर इलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएकी विमलालाई मुख्यमन्त्री कुलप्रसाद केसीको आग्रहमा प्रहरीले सोही रात बुटवल ल्याएको थियो ।

स्वास्थ्य राज्यमन्त्री वलीलाई बुटवल ल्याएपछि राति नै लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। मुख्यमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्री वली वेहोस भएपछि अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार राज्यमन्त्री वलीलाई जनरल फिजिसियनले चेकजाँच गरेको र उनको रक्तचाप र सुगरको मात्रा बढेको देखिएको छ । अस्पतालको क्याविनमा भर्ना भएकी वलीको स्वास्थ्य स्थितिबारे परीक्षण गरेपछि मात्रै थाहा हुने ढकालले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट